घरेलु उपचारस्वास्थ्य

पेप्टिक अल्सर र यसको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पेप्टिक अल्सर अधिकांश नेपालीलाई देखिने रोग हो । यस्तो प्रकारको रोग प्राय: खानपिनको लापरबाहीले हुने गरेको पाइन्छ । खाली पेट बस्ने, समयमा खाना नखाने, मसलायुक्त खानाको प्रयोग बढी गर्नेहरुमा बढी हुने गरेको पाइन्छ । हाम्रो पेटमा जब एसिड बढी बन्न थाल्छ यस्ले आन्द्रामा घाउ बनाउन थाल्दछ । अल्सर भइसकेपछि पेट पोल्ने दुख्ने जस्ता समस्या देखिन थाल्दछ । पेप्टिक अल्सर र गैस्ट्रिक अल्सर अमाशयको सानो आन्द्रामा बढी प्रभाव पारेको हुन्छ । यस्तो समस्या त्यति बेला सुरु हुन्छ जुनबेला हामीले खाने खाना पचाउने एसिड बढी बन्न थाल्दछ र यसले बढी असर देखाउछ । यो एक प्रकारको घाउ हो कालान्तरमा देखिने पेटको क्यान्सरको लक्षण हो ।

पेप्टिक अल्सर ड्यूडिनलमा हुन्छ । यो दुइप्रकारको हुन्छ । पहिले गैस्ट्रिक अल्सर भइसके पछि मात्र ड्यूडिनल अल्सर सुरु हुन्छ । अल्सर भइसकेपछि देखिने लक्षणमा पेट दुख्ने,पेट पोल्ने,उल्टि हुने,दिशामा रगत देखिन सक्छ । यस्तो अवस्थालाई परफारेशन पनि भन्दछन् । गलत खानाको कारणले यो रोगले तिब्र गति लिन सक्छ । यो हुनुमा खानपिन दोषी ठहराइएको छ । पेटमा खानाको लापरबाही ले गर्दा एसिड बढी पैदा हुनु नै अल्सरको प्रमुख कारण हो । नेपालीहरू पेटलाई हेर्दैनन् खाना पाय जस्तो सुकै खाना किन नहोस् खान्छन् र रोगको दलदलमा फस्न थाल्दछन् ।

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको प्राकृतिक उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

रुघाखोकीको घरेलु उपचार

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

लुकोरिया र यसको घरेलु उपचार

अल्सर हुनुको अर्को प्रमुख कारण हो जथाभावी दुखाई कम गर्ने खालको औषधिको सेवन बढी गर्नु । खानापछि अर्को कारण मानसिक चिन्तालाई पनि प्रधान कारण मानिएको छ । खानपिनको कारणले मात्र अल्सर नभई हेलिकोबैक्टर पाइलोरी बैक्टिरिया पनि एउटा कारण हो । धुम्रपान, जाडरक्सि पनि यसको कारण मानिएको छ । गैस्ट्रिक अल्सरमा खाना खाना साथ पेट दुख्ने हुन्छ भने ड्यूडिनल अल्सरमा भने खाली पेट भएमा पेट दुख्न थाल्दछ । ड्यूडिनल अल्सरमा खाना खाएपछि पेट दुख्न कम हुन्छ ।

यदि हामीले यसको उपचार समएमा गर्न सकेनौं भने अल्सर ,क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्छ । यस्तो रोगमा कहिलेकाहीं घेरेलू औषधिले पनि यो रोग निको बनाउन सकिन्छ । तर कुनै पनि उपचार गर्नु पुर्ब डाक्टरको परामर्श आवश्यक हुन सक्छ । यस्तो रोग लाग्नु पुर्ब खानपिनमा बढी ध्यान दिन आवस्यक छ । मसलायुक्त खाना नखाने । अल्सर भइसकेको रोगीले सकेसम्म चिया, कफि, चिसो पेय पदार्थ, जंक फूड नखानु सवै भन्दा उत्तम मानिएको छ । समयमा डाक्टरको परामर्शमा एसिड हटाउने खालको औषधि सेवन गरेमा चाँडो निको हुन सक्छ ।

दुखाई कम गर्ने खालका औषधिले प्राय ग्यास बढाउने भएकाले डाक्टरको परामर्श लिएर मात्र खाने बानी बसाल्न सके राम्रो हुनेछ । सामान्य औषधि खाएर पनि रोग निको नभएमा कहिलेकाही ब्लड चेकजाँच गर्नुपर्ने हुन सक्छ । अनुभवी चिकित्सक स्वास्थ्य कर्मीको परामर्शमा उपचार गराउन पर्दछ ।

Like & Follow us on Facebook

घरेलु उपचार

१. अभिपत्तिकर चूर्ण १ चमच दिनमा २ पटक खाना अघि खाने ।

२. अल्सरका रोगीले गाईको घीउ खानाले राम्रो फाइदा गर्दछ ।

३. अल्सरका रोगीले बदाम खादा राम्रो फाइदा गर्दछ । २,३ वटा बदाम नित्य चपाएर पानी पिउनु राम्रो फाइदा गर्दछ ।

४. आधा गिलास गाइको दुधमा आधा गिलास पानी मिलाएर पिउनाले पनि राम्रो फाइदा गर्दछ ।

५. पत्ता गोभी र गाजर ल्याउनुहोस समभाग मिलाएर जुस बनाएर खानुहोस् यसले पनि अल्सरलाई राम्रो फाइदा गर्दछ ।

नोट : कुनै पनि उपचार गर्नुपुर्ब डाक्टरको परामर्श लिएर उपचार गर्नु राम्रो हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!