हेल्थ टिप्स

पानी र यसको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा पानीको ठूलो महत्व छ । यदि पानी नभएको भए मानव मात्रै होइन सवै प्राणीको अस्तित्व समाप्त हुने थियो । पानीबाट यस्ता अनगिन्ती रोग निको बनाउन सकिन्छ तर यसतर्फ अधिकांशलाई थाहा नहुनाले पानीको महत्व केवल जीवन बचाउन मात्र हो भन्ने लागेको छ ।

“Were water and vegetable foods used generically,instead of drugs,it is probable that the death-rate from disease would be reduced almost to the vanishing point.” (Elmer Lees, MD)

यो पनि पढ्नुहोस्

पानी यसरी पिउनुहोस्

पानी किन र कति पिउने ?

तातो पानी पिउने कि चिसो ?

कागती पानी पिउनुका फाइदाहारू

पानी कम हुँदा निम्तने ९ समस्याहरु

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

जान्नुहोस् ! पानी कति पिउने र कसरी पिउने ? 

एउटा रोगीको लागि औषधि, भ्याक्सिन, पसको अपेक्षा एउटा पानीले भरिएको कटौरा उत्तम उपचार हो । यदि पृथ्वीमा पानी मात्रै एउटा उपचार हुने थियो भने खानाको लागी हरियो तरकारी मात्रै भइदिएको भए मानवका हरेक रोगको उपचार सम्भव थियो ।

यदि औषधिको अपेक्षा पानी र सागसब्जी मात्र प्रयोग गर्न सके मानीस कोही रोगी हुने थिएनन् र आयुमा पनि वृद्धि हुने थियो । पानीको साहयताले कुनैपनि उपचार हुन्छ भने मानवको कल्याण निश्चित छ यसमा कुनै सन्देह छैन् । भगवानले भन्नुभयो सवै प्राणीका लागि औषधि मैले पानीमा राखेको छु ।

पानी जस्तो ठूलो औषधि संसारमा केहि छैन यदि पानीलाई औषधिको रूपमा प्रयोग गर्न जान्न आवश्यक छ । पानीको प्रयोगले सवै खालको रोग नाश गर्दछ । पानी अमृत हो आधुनिक वैज्ञानिकहरूले मानव रोगमा पानीको प्रयोग गरेर यो कुरा सिद्ध गरिसकेका छन् । लूइकुनेले चिसो पानी प्रयोग गरेर हजारौं रोगी निको बनाउन सफल भएका भएका छन् ।

Like & Follow us on Facebook

आजभन्दा ३५ बर्ष पहिलेको घटना हो एउटा बच्चाको ज्वरो १०६.७ थियो बच्चाको अवस्था गम्भीर थियो मौसम पनि गर्मीको हुनाले हामीले बच्चाको टाउको बाहेक सवै अंग चिसो पानीमा राखेर हेरेको ज्वरो क्रमश: कम हुन थाल्यो ज्वरो कम भएपछि हामीले बच्चालाई बुटवल रिफर गरेका थियौं जाँदा ज्वरो निको भएकाले डाक्टरको अभावमा बच्चा फिर्ता ल्याएका थिए कुनै औषधि नदिई बच्चा निको भएको घटना आज पनि याद छ ।

जस्तोसुकै ज्वरो किन नहोस् पानी पट्टी दिनाले तुरुन्त ज्वरो झार्न सकिन्छ । पानी द्वारा उपचार गर्न सकिने केहि रोग बारेपछि प्रकाश पार्दै जानेछौं । पानी उठ्ने वित्तिकै खाने बानी बसाल्नाले ग्यास्ट्रिक, पत्थरी, पायल्स, कब्जीयत, ज्वरो जस्ता अनेक रोग नियन्त्रण गराउन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!