स्वास्थ्य

मधुमेहको सफल उपचारमा बरको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


बर मध्य पहाडी भेकमा पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो । हिन्दू धर्ममा बरलाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन् ।

बरको बोटको औषधिय गुण बहुमुल्य छ भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । बन जंगलमा बर प्रशस्त लगाउन सके मधुमेह जस्ता खतरनाक रोग पनि निको बनाउन यो सक्षम छ । हामीमा एउटा सवैभन्दा कमजोर पक्ष भनेको जानेको कुरा शेयर नगर्नु हो ।

आजकल यो रोग हरेक घरमा देखिन थालेको छ । यस रोगको एलोपैथिक उपचार गर्दा समेत यो रोग निको नभएका थुप्रै रोगीहरूको गुनासो आएको हामीले सुनिरहेका हुन्छौ । यस्तै यस्तै अनेकौं रोगहरू जडिबुटीको सहयोगबाट हामी निको बनाउन सक्छौं तर नि:शुल्कमा ल्याएको औषधिको पैसा माग्न हामी डराउछौं र यस्तो औषधि अरूले सिक्ला भन्ने डरले अन्तरहृदयमा दवाएर राखेका हुन्छौं ।

आज एलोपैथिक औषधि खरिद गरेर हामीले विदेशीलाई धनी बनाई रहेका छौं । यस्ता औषधिमा अनुसन्धान गरेर नेपालमै मधुमेह रोगको उपचार यो बोटबाट गर्न सके लाखौं करोडौं व्यक्तिले कौडिको रूपैयामा लाभ उठाउन सक्ने सम्भावना थियो तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । मेहनतको पैसा लिएर उपचार गर्न सके शायद मलाई लाग्छ मेहनतको पैसा दिन कोही पछि नहट्ने देखिन्छ ।

बरको रूखको बोक्राबाट यस्ता अनेकौं रोगको उपचार हुन सक्ने कुरा आज प्राय: लोप हुदैछ । सहि अनुपात भेद अनुसार यदि हामीले सुगर रोगमा यो औषधि चलाउन सके ठुलो उपलब्धि हुने र नेपालीको मेहनत पनि खेर नजाने देखिन्छ ।

बरको रूखको बोक्रा ताछेर ल्याउनुहोस ल्याएको २० ग्राम कुटेको बोक्रामा ४०० ग्राम जति पानी राखेर पकाउनुहोस र पाक्दा पाक्दा करीब २० ग्राम जति बाँकी भएपछि सेलायर कपडाले छानेर विहान बेलुका एक महिनासम्म सेवन गराउन सके यो रोग निको हुन्छ ।

*यो औषधी सेवन गर्नुपूर्व डाक्टरसंग परामर्श लिनु जरुरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!