स्वास्थ्य

भूडी घटाउने प्राकृतिक उपायहरु

Dr. Hemraj Koirala

डा. हेमराज कोइराला

भूडी लाग्नु र मोटाउनुलाई नेपाली समाजमा स्वास्थ्य र समृद्धिको प्रतिक मानिए तापनि यथार्थमा यो अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैमा कुनै रोग होइन तर मोटाउन थाले पछि हाम्रो शरीरमा अनेकौं रोगहरूले घर बनाउन थाल्दछन् । त्यसमा पनि भूडी लाग्नु Visceral Fat वा Abdominal Obesity लाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हरमोनहरुका समस्या जस्ता अनेकौ रोगहरुको प्रमुख कारकको रुपमा मानेको छ ।

हाम्रो शरीरमा सबैभन्दा पहिला र सबैभन्दा धेरै बोसो लाग्ने क्षेत्र भनेकै भूडी हो । भूँडीमा बोसो लागि सकेपछि यसलाई घटाउन पनि धेरै गार्हो छ । बडेको भूँडीबाट अनेकौं हानीकारक तत्वहरु निस्किन्छन् । यी हानीकारक तत्वहरु टाइप-२ मधुमेह कोरोनरी मुटुरोग र अन्य धेरै रोगहरुको कारक तत्वहरु छन् ।

उपाय नं. १ घुलनशील फाइबरयूक्त खानेकुराहरू खाने गरौ ।

उपाय नं. २ ट्रान्सफयाटयूक्त खानेकुरा नखाऔं ।

उपाय नं. ३ मदिरापान नगरौ ।

उपाय नं. ४ बेला बेलामा उपबास बस्ने गरौं ।

उपाय नं. ५ जडीबुटीको काँडा पिउने गरौं ।

उपाय नं. ६ प्रोबायोटिक्सयूक्त खानेकुरा खाने गरौं ।

उपाय नं. ७ बट्टा र बोतलबद्ध संरक्षित खानेकरा नखाऔं ।

उपाय नं. ८ एप्पल साइडर भिनेगर खाने गरौं ।

उपाय नं. ९ उच्च प्रोटिनयुक्त खानेकरा खाने गरौं ।

उपाय नं. १० तनावको बेलैमा व्यवस्थापन गरौं ।

उपाय नं. ११ चिनी हालीएका कुनै पनि पेय पदार्थ नपिऔं ।

उपाय नं. १२ बजारिया हैन घरेलु चिल्लोको मात्र प्रयोग गरौ ।

उपाय नं. १३ कार्डियो एक्सरसाइजहरु गर्ने गरौ ।

उपाय नं. १४ पर्याप्त सुतौ ।

उपाय नं. १५ पेटका व्यायाम गर्ने गरौं ।

उपाय नं. १६ पर्याप्त सागपात एवं फलफूलहरू खाने गरौ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

पेटको बोसो घटाउने घरेलु उपाय

मुटु रोग र यसको उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!