स्वास्थ्य

औषधि सेवनमा ध्यान दिनुपर्ने कुराहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

कुनै पनि औषधि लेख्दा रोगीको अवस्था र उसले पचाउन सक्ने क्यापिसिटि हेरेर मात्र औषधि निर्धारण गर्ने बानी बसाल्नुपर्छ । डाक्टरले लेखेको औषधि यदि बढी डोजको छ भने फार्मेसीमा बस्ने व्यक्तिले यकिन गरेर डाक्टरलाई जानकारी दिएर मात्र औषधि सेल गर्न सके राम्रो हुने हाम्रो ठहर छ ।

आज कतिपय घटना हुनुको पछि उपचारमा सावधानी नअपनाउदा यस प्रकारको घटना घट्ने गरेको देखिन्छ । औषधि लेखेको पावर विरामीको अवस्था अनुसार घट बढ गराएर दिदैमा खासै फरक पर्दैन । तर कमजोर अवस्थाको विरामीलाई बढी डोजको औषधि दिदा नकरात्मक प्रभाव नपर्ला भन्न सकिँदैन ।

आजकाल डाक्टरको Prescription सहि ढंगले नबुझ्दा पनि दिएको औषधि नभई अन्य औषधि पर्न गएका घटनाले कतिपय विरामी मर्कामा परेको देखिन्छ । औषधि जस्तो अति संवेदनशील बस्तुलाई प्रयोग गराउदा नबुझेको खण्डमा पुन: डाक्टरलाई नै सोध्ने प्रचलन ल्याएमा राम्रो हुन सक्छ ।

औषधि लेख्ने Prescription मा औषधिको नाम प्रष्ट बुझ्ने गरी English मा लेख्ने र खाने तरिका सकेसम्म नेपाली मै उल्लेख गरिदिएको खण्डमा विरामीलाई सहज हुने देखिन्छ । मालिस गर्ने औषधिको सिसिमा ३ पटक प्रयोग गर्ने लेखेको रहेछ तर विरामीले घरमा गएर तीनपटक खाएछ । पछि उसलाई प्रतिक्रिया देखिन थालेपछि खाने र प्रयोग गर्ने तरिका फरक-फरक हुनुपर्नेमा नभएकाले यस्ता घटनाले पनि कहिले काही समस्या आएको हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!