आयुर्वेद

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लसुन हाम्रो भान्सामा प्राय: अनिवार्य भएको हुन्छ । लसुनको वैज्ञानिक नाम अलियम सॅटीवेम (Allium Sativem) हो । हामीले यसको रहस्य आजसम्म पनि जान्ने प्रयत्न गरेनौं । लसुनको बारेमा हालैमा केहि कुरा प्रकाशमा आएको छ । लसुनमा हुने एक प्रकारको सेक्स पावर बढाउने खालको गुणको कारणले गर्दा यो भान्सामा हुने गरेको रहस्य खुल्न आएको छ । लसुनको गन्ध महिलालाई धेरै प्रिय हुने कुरा बताईएको छ ।

लसुन मसलाको रूपमा प्रयोग हुदै आएको छ । लसुनमा औषधिको गुण हुने भएकाले यसको महत्व धेरै बढेको पाइन्छ । काचो लसुनमा तिब्र गन्ध भएकाले लसुलाई औषधिको रूपमा लिएको हुन सक्ने केहिको अनुमान छ । लसुनमा एंटीएजिंग गुण समेत भएकाले छालाको रोगमा पनि उपयोगी मानिएको छ ।

लसुनलाई पिसेर निकालेको रसलाई कालो दाग भएको ठाउमा लगाउने ५ मिनेटपछि पानीले धोएमा कालो दाग मेटिने हुन्छ । आउनुस आज हामीले लसुन के कस्ता रोगमा सेवन गराउनाले फाइदा हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछौं । प्रकृतिको अनुपम उपहारलाई प्रयोग गरेर लाभ लिन सिकौं ।

लसुनको प्रयोगबाट निको हुने रोगहरू

१. High Blood Pressure मा लहसुनले राम्रो फाइदा गर्दछ । Blood Pressure का रोगीलाई नित्य लसुन सेवन गर्ने सल्लाह दिनुपर्छ ।

२. Constipation र Gastritis को रोगमा लसुनलाई ठूलो औषधि मानिएको छ । नियमित लसुन खानेलाई यो रोग लाग्दैन ।

३. मुटु सम्बन्धि रोगमा लसुन ठूलो औषधि मानिएको छ । मुटु सम्बन्धित रोगीले नियमित लसुन सेवन गर्नुस् भन्ने हाम्रो राय छ ।

४. Digestive System लाई बलियो बनाउन लसुनको भुमिका ठूलो देखिन्छ । नियमित लसुन सेवन गर्नाले यो समस्या हल गर्दछ ।

५. Cold, Cough, Asthma आदि रोगमा समेत लसुन उपयोगी औषधि मानिन्छ ।

६. लसुनको नियमित सेवन गर्नेहरुको सेक्स पावर अत्यधिक बढ्ने गर्दछ । सेक्स कमजोर हुनेहरूले खानामा लसुनको बढी प्रयोग गर्न सक्नु हुन्छ ।

नोट : लसुनलाई घरको डाक्टर भनेर पुकार्ने चलन छ । लसुन प्रयोग गरौं भन्ने हाम्रो राय छ । कुनै पनि घरेलु औषधि सेवन गराउनुको उद्धेश्य भनेको रोग नलागोस भन्ने हो । सवै जसो रोगमा यसको प्रयोग नहुन सक्छ । डाक्टरको परामर्शमा उपचार गराउदा ठिक हुन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!