धर्म-सस्कृति

भगवान कृष्णबारे जान्नैपर्ने ८ रहस्यहरु

भगवान श्रीकृष्ण हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुको १० मुख्य अवतारहरूमध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ । यी हुन् भगवान कृष्णबारे जान्नैपर्ने ८ रहस्यहरु, एकपटक मनन गर्नुहोस् ।

भगवान कृष्णका रहस्यहरु

१. कृष्णको रंग

पौराणिक कथन अनुसार भगवान श्री कृष्णको रंग कालो र निलोको समिश्रण थियो अर्थात् उनी न काला थिए न निला । जब सुर्य अस्ताउने बेलामा जसरी आकाश कालो र निलो रंगको समिश्रणबाट बनेको देखिन्छ त्यस्तै रंग भगवान कृष्णको थियो भन्ने कथन रहेको छ ।

२. गन्ध

एक प्रचलित विश्वास यो छ कि भगवान श्री कृष्णको शरीरबाट यस्तो प्रकारको गन्ध आउँथ्यो कि जसबाट मानिसहरु मन्त्रमुग्ध हुन्थे । त्यस्तै गन्ध द्रौपदीबाट पनि आउने गर्दथे । कृष्णको गन्ध र रातकी रानी फुलको गन्ध उस्तै थियो ।

३. कृष्णको शरीर

भगवान श्री कृष्णको शरीर यति कोमल थियो कि महिलाहरु समान । पौराणिक कथन अनुसार युद्धको समयमा उनको शरीर कठोर बन्दै गएको थियो । यहि शारीरिक विशेषता द्रौपदीमा पनि थियो ।

४. सादा जिवन

कृष्णको जन्म मथुरामा भयो र उनको बाल्यकाल धेरै जस्तो गोकुल, वृन्दावन, नन्दगाव बरसाना आदिमा बित्यो । एकदिन वृक्ष मुनि विश्राम गरिरहेको बेला एक सिकारीले उनलाई हरिण समझेर तीर हान्दा उनको खुट्टामा लाग्छ र त्यसलाई बहाना बनाएर उनले देह त्याग गरेको भन्ने पौराणिक कथन रहिआएको छ ।

५. कृष्णको द्वारिका

भगवान श्री कृष्णले गुजरातको समुद्री किनारमा एक भव्य नगर निर्माण गरेका थिए ।

६. मार्शल आर्टको जन्मदाता

इतिहासकारका अनुसार भगवान श्री कृष्णले मार्शल आर्टको अविष्कार गरेका थिए । मथुरामा उनले दुष्ट रजकको हत्केलाले काटेर मारिदिएका थिए ।

७. सुदर्शन चक्र

श्रीकृष्णको हातमा सुदर्शन चक्र थियो जुन सुदर्शन चक्र कृष्णलाई परशुरामजीले दिएका थिए ।

८. पत्नी

भगवान श्री कृष्णका १६ सय पत्नी थिए भन्ने कथन छ यो कुरा गलत हो र उनका जम्मा ८ ओटा पत्नी थिए ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

के भगवान श्रीकृष्णका साच्चै १६,००० पत्नी थिए त ? यस्तो छ रहस्य

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!