धर्म-सस्कृति

जीवनमा सुखी रहन ध्यान दिनुपर्ने भगवान श्रीकृष्णका ५ कुराहरु

भगवान श्रीकृष्ण हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुको १० मुख्य अवतारहरूमध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ । भगवान श्रीकृष्णका पाँच यस्ता कुरा छन्, जसलाई जीवनमा अपनाउने हो भने हाम्रो सबै दुख पार भएर जीवनमा सुखको अनुभव गर्न सकिन्छ । यस्ता छन् जीवनमा सुखी रहन ध्यान दिनुपर्ने भगवान श्रीकृष्णका ५ कुराहरु, जानी राखौ ।

१. मातृ-पितृ भक्ति

श्रीकृष्णका पिता वासुदेव थिए र आमा देवकी थिइन् । तर उनको पालन पोशण नन्दबाबा र यशोदाले गरे । श्रीकृष्णले सधैं आफ्ना आमा बुवाको आज्ञाको पालन गरे । कंसको वध गरेर वासुदेव र देवीलाई स्वतन्त्र बनाए । कृष्णले जन्म दिने र पालन पोषण गर्ने आमा बुवाको बराबर सम्मान दिए । आमा-बुवाको सम्मान गर्ने सन्तान सधैं सुखी हुन्छन् ।

२. गुरु भक्ति

श्रीकृष्णले गुरु सान्दीपनिबाट शिक्षा लिएका थिए । शिक्षा पूरा भएपछि सुरु सान्दीपनि र गुरुआमाले श्रीकृष्णसँग आफ्नो मृत्यु भएको पुत्रलाई गुरु दक्षिणको रुपमा माग गरे । उनीहरुको पुत्रको निधन भइसकेको थियो । तर श्रीकृष्ण आफ्नो गुरुको इच्छा पूरा गर्न यमराजकहाँ गएर गुरुको पुत्रलाई फिर्ता लिएर आए ।

३. प्रेम

श्रीकृष्णका १६१०८ रानी थिए । तीमध्येमा ८ जना प्रमुख थिए । श्रीकृष्णको दाम्पत्य जीवनमा सधैं प्रेम र शान्ति हुन्थ्यो । उनी आफ्नो सबै रानीलाई सन्तुष्ट बनाएर राख्थे । सबै पत्नीको इच्छाको सम्मान गर्थे ।

४. मित्रता

अर्जुन, सुदामा र श्रीदामा श्रीकृष्णका प्रमुख मित्र थिए । जब-जब श्रीकृष्णका मित्रलाई संकट पर्दथ्यो, तब-तब उनले आफ्ना मित्रलाई हरसम्भव सहयोग गरेका छन् । श्रीकृष्ण द्रोपदीलाई सखी भन्थे र सकेसम्म द्रौपदीको सहयोग गर्थे ।

५. बुद्धिमानी र कुटनीति

महाभारत युद्धमा श्रीकृष्णले आफ्नो बुद्धिमानी र कुटनीतिबाट पाण्डवलाई हरेक पटक बचाएका छन् । पाण्डव धर्मको पक्षमा थिए, यही कारण श्रीकृष्ण उनीहरुलाई बचाउनका लागि कुटनीतिको सहारा लिन्थे । युद्धमा जब पाण्डवमाथि संकट आउँथ्यो, तब श्रीकृष्णले आफ्नो युद्ध नीतिबाट त्यसको समाधान खोज्थे। भीष्म, द्रोणाचार्य आदि अनेक महारथीको वधको बाटो श्रीकृष्णले नै पाण्डवलाई सिकाएका थिए ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

भगवान कृष्णबारे जान्नैपर्ने ८ रहस्यहरु

के भगवान श्रीकृष्णका साच्चै १६,००० पत्नी थिए त ? यस्तो छ रहस्य

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!