स्वास्थ्य

चिसोमा रूघा र यसको उपचार

रूघाखोकीलाई हामीले सामान्य रूपमा लिने गरेका हुन्छौं । यो भाइरसको कारणले हुने गरेको छ । सामान्य रूघा लाग्नासाथ रूघाको औषधि खाने प्रचलन बढी छ । यो रोग प्राय २,३ दिनमा आफै निको हुनसक्छ । रूघामा हामीले घरेलु औषधिबाट उपचार गरेर राम्रो फाइदा उठाउन सक्छौं । आजकाल रूघा लाग्ना साथ Anti-cold टेब्लेट खाने गर्दछौं तर यसले फाइदा होइन बेफाइदा गर्न सक्छ ।

रूघा लाग्नु के फाइदा छ ?

रूघा लाग्नु राम्रो हो रूघाको माध्यमबाट दिमागमा जम्मा भएको फोहर पानी सफा हुनाले दिमागलाई तरो ताजा बनाउदछ । २,३ दिन भन्दा बढी रूघा लाग्ने गरेको छ भने या ज्वरो आउन थालेको भए सामान्य औषधि खानु पर्ने हुन सक्छ । तर रूघामा एण्टिबायोटिक औषधिले कहिलेकाहीँ काम गर्दैन बरू नोक्सान गर्न सक्छ ।

रुघाखोकीका असरहरू यस्तो हुनसक्छ

रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ । रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हँदैन । मानिसको स्मरणशक्तिले पनि ठीकसँग कार्य गर्दैन । रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो ।

रुघाको उपचार

१. रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।

२. अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने यस्ले सामान्य ज्वरो समेत निको पार्दछ ।

३. अदुवा, बेसार, तुलसीको पात, ल्वाङ, सुकमेल राखेको पानी पकाएर दैनिक सेवन गर्नाले राम्रो फाइदा गर्दछ ।

४. रूघा लाग्नुको प्रमुख कारण भिटामिन ‘सि’को कमिलाई मानीएको छ । दैनिक एक हप्तासम्म भिटामिन ‘सि’ ५०० मि.ग्राम १ गोली दिनमा ३ पटक खान दिनाले चाडो निको हुन्छ ।

के नगर्ने

१. बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।

२. चिसो, धुवाँ र धुलोबाट बच्ने ।

३. तातोपानी प्रयोग गर्ने ।

४. सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

रुघाको रोकथाम

१. रुघा सरूवा रोग भएको हुनाले रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन ।

२. बस्नै परे मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।

३. रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।

४. अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुनसक्छ ।

५. भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

खोकी र यसको घरेलु उपचार

खोकी र यसको उपचार

खोकीको घरेलु उपचारमिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!