घरेलु उपचारस्वास्थ्य

टाउको दुख्नुका कारण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

टाउको दुख्नुको पछि थुप्रै कारण हुन सक्छ । टाउको दुख्यो त निम्स, ब्रुसेट आदि औषधि किनेर खाने प्रचलन हाम्रो समाजमा देखिन्छ । टाउको दुख्नासाथ के कारणले दुखेको हो ? डाक्टरको परामर्शमा औषधि सेवन गर्ने बानी बसाल्नु राम्रो हो; यसले भविष्यमा हुन सक्ने खतराबाट बचाउन सक्नेछ ।

मानिसले आफ्नो जीवनमा एक वा एकभन्दा बढीपटक टाउको दुखाइको समस्या भोगेका हुन्छन् । टाउको दुख्नुका कारणलाई सामान्य मान्नु हुदैन प्राण घातकसम्म हुन सक्छ । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरेको हुन्छ ।

प्राय: टाउको दुख्नुका कारण अन्य रोगको लक्षण पनि हुन सक्छ । आँखा कमजोर भएर पनि टाउको दुख्न सक्छ, टाउकोमा जुकाका फुलहरू चढ्नाले पनि टाउको दुख्न सक्छ चाहे जेहोस् पहिलो पटक डाक्टरको परामर्शमा आँखा चेकजाँच गरेर हेर्ने ठिक नभए के कारणले टाउको दुखेको हो रोग पत्ता लगाएर उपचार गराउन सके ठूलो घटना हुनबाट समयमा रोकथाम गर्न सकिन्छ ।

टाउको दुख्नुका कारणहरू

१. तनावका कारणले पनि टाउको दुख्न सक्छ । यस्तो दुखाई क्षणिक पनि हुन सक्छ र लामो दुखाई पनि हुनसक्छ । टाउकोमा कपडा बाध्नाले केहि राहत महसुस गरेको पाइन्छ । यस्तो लक्षण देखिएमा मानसिक रोग विशेषज्ञलाई देखाएर उपचार गराउनु पर्दछ । टेन्सन हटाउने उपायतर्फ लाग्नुपर्छ ।

२. पिनासको कारणले पनि टाउको दुख्न सक्छ । माइग्रेनको कारणले टाउको दुखेको भए आधा कपाल धेरै दुख्ने हुन सक्छ ।

कस्तो अवस्थामा डाक्टरको परामर्शको आवश्यक हुन सक्छ ?

१. अन्य सामान्य अवस्थाको भन्दा फरक किसिमले दुखेमा ।

२. अचानक धेरै टाउको दुखेमा ।

३. टाउको दुखाइसँग आँखा हेर्न अप्ठ्यारो हुने, एउटा चिज दुईवटाजस्तो देखिने, हातगोडा लाटो हुने, चक्कर लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएमा ।

टाउको दुख्ने रोगको घरेलु उपचार

१. तुलसीको पात ल्याउनुहोस् र उमाल्नुहोस् र पानी चिया जस्तै पिउनुहोस् हेडेक थिक हुन्छ ।

२. स्याउ ल्याउनुहोस र नुन राखेर खानुहोस् जस्तो सुकै टाउको दुख्न निको हुन्छ ।

३. कालो मरिच र पुदीनालाई ब्लैक टीमा मिलाएर पनि सेवन गर्न सक्नुहुन्छ वा त्यसै पनि सेवन गर्न सक्नुहुन्छ । यसरी सेवन गर्दा टाउको दुख्न सन्चो हुन्छ ।

कहिलेकाही सामान्य दुखाइको औषधि प्रयोग गर्ने बानीका कारण धेरै रोग पुरानो भएर समस्या निम्त्याइ रहन्छन् । वेलैमा चिकित्सक कहाँ जाने र सही उपचार गराउने हो भने जटिल रोग ठीक गराएर जीवनलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

सास गनाउने समस्या र यसको उपचार

दाँतको रोग र उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!