जीवन-दर्शन

गुरूको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गुरू पुर्णीमा गुरू मान्ने दिन हामीले आजको दिनलाई अन्य दिन भन्दा फरक दिनको रूपमा मान्नु पर्दछ । गुरु एक मार्गदर्शक हुन् । असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्गको लाई पनि हामी गुरुको दर्जा दिन सक्छौ ।

गुरू विना यो संसार अन्धकार छ । गुरूलाई मान्ने शैलीमा भर पर्छ । माता पिता पनि गुरू हुन सवैभन्दा ठूलो भूमिका माता पिताले निभाएको देखिन्छ । गुरू हामीले जानकारी दिने सिकाउने जुनसुकै किन नहोस् गुरूको रूपमा मान्नुपर्छ ।

यस्तै गरी निराशामा लुकेको आशा नै गुरु हो । आफूमा भएको सत् विचार र अगि बढ्ने चाहना पनि गुरु हो । यसरी हामीले गुरुका मुर्त एवम् अमुर्त रुपको पहिचान गर्न सक्छौं । मान्छेको गुरु मान्छे नै हुन्छ भन्ने ज्ञान सबैमा हुन आवश्यक छ । गुरूलाई थुप्रै रूपमा हेर्न सकिन्छ ।

भर्खरै जन्मेको एउटा जंगली जनावरको बच्चालाई हिंड्न सिकाउने गुरु पनि प्रकृति नै हो भने वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो । सवै गुरू भइकन पनि सवैभन्दा महत्वपूर्ण गुरूको स्थान माता पिता र आँखा देखाउने गुरूलाई सवैभन्दा उच्च स्थान दिन सके सार्थक हुने हामीलाई लागेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

गुरूको अर्थ र परिभाषा

राष्ट्रगुरु योगी नरहरिनाथ : व्यक्ति र व्यक्तित्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!