विचार-विश्‍लेषण

नेपालमा लोकतन्त्र उपहासको संकेत

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालबाट दैनिक करोडौं रुपैया बाहिर गएको छ । तर यसरी गएको रुपैयाले दैनिक देश ऋणमा चुर्लुम्म डुबेको छ । यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । आर्थिक स्थिति कमजोर हुनुमा सवैभन्दा ठूलो गल्ती कस्को ? आज कमिसनतन्त्रले देश अोरालो लाग्दैछ । कुनै पनि पार्टी सरकारमा जाने वित्तिकै पहिले सम्झौता गर्ने परम्परा लोकतन्त्रमा देखिएको छ । जबसम्म यो कुराको अन्त्य हुदैन देश अोरालो लाग्दै जानेछ । आफ्नै देशमा जडिबुटीवाट बनाएको औषधी जनताले प्रयोग गर्नसके स्वास्थ्य ठिक हुने थियो तर नेपाली समान महंगो भन्दै गुणस्तरहिन समान खान र बेच्न बाध्य पारेको देखिन्छ ।

सरकारले महंगी नियन्त्रण गर्न सक्दैन किनकि कमिसन भित्रबाट भन्दा बाहिरबाट बढी भित्रन सक्ने भएकाले नेपाली उद्योग धरासायी बन्दै गएको छ । जनताको हितमा भन्दा आफ्नै हितमा राजनीति दल लागेको वर्तमान अवस्थाले देखाएको छ । लोकतान्त्रिक शासन व्यवस्था राम्रो हो तर यहाँ पहुँचवालाको बर्चस्व हाबी हुनाले जनताको हितमा भन्दा राजनीति दल स्वार्थमा लागेको हुनाले देश अोरालो लाग्दैछ । जब-जब स्वार्थ हावी हुन्छ तब-तब देशलाई नाफा होइन घाटाको सामना गर्नुपर्ने हुन थाल्दछ ।

फाइदा जति छिमेकीलाई खाली हात नेपालीलाई भई रहेको छ । आम्दानी कम छ खर्च धेरै छ के यसले राष्ट्रको विकास सम्भव छ । खर्च गर्दा आम्दानी नहेर्ने बानीको सुधार र उद्योगको विस्तार गर्न सके युवाको सोचलाई परिवर्तन गराई बेरोजगारको अन्त्य गर्न सके देशमा आमुल परिवर्तन सम्भव देखिन्छ । नेपाली सोझो हुनुको प्रतिफल भनेकै यही हो यही अवस्था नेपालमा विधमान रहे एकदिन देश खोक्रो हुदै जानेछ र अन्तमा जनता वाक्क भएर आउ राजा देश बचाउ भन्ने नारा घंकिन के बेर !

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!