जीवन-दर्शन

हामीले जस्तो रोप्छौ त्यस्तै फल पाउछौं

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पारिवारिक जीवनमा अनेकौं यस्ता घटना देख्न र सुन्न पाइन्छ । हामीले सन्तानको विउ रोप्छौं त्यो सन्तान ठिक हुन सक्छ या हुदैन भन्ने हामीले सोचेका हुदैनौं । म विश्व हिन्दू महासंघको क्षेत्रीय इकाई समितिको अध्यक्ष हुँदा म केही बृद्धआश्रम घुमेको थिए त्यहाँ जे देखे त्यो देखेर मलाई एउटा सत्य घटना याद आयो । एउटा परिवारमा छोराको विवाहको लागि तयारी भएर कन्याको घरतर्फ लाग्यो र विवाह गरेर कन्या ल्याएर जन्ती घर फिर्ता भयो ।

साझ सवै काम सकेर दुलहा जब दुलहीको कोठामा पुग्दा रात धेरै भएकाले दुलहाले दुलहीसंग बसेर खाना खाने आग्रह गर्दा दुलहीले आमा थाक्नु भएको छ र वहा भोकै हुनुहुन्छ होला जानुस बोलाएर ल्याउनुस संगै बसेर खाउला भन्दा आमा सुतिसक्नु भएको होला हामीले खाना खाउ भनेपछी श्रीमतिले नमानेको र पटक-पटक बोलाउनुस भन्दा अटेर गरेकाले भोलिपल्ट दुलहालाई डिबोर्स गरिछन् र अर्कोसंग विवाह गरिछन् र ति दुलहाले पनि अर्कैसंग विवाह गरेछन् ।

समय बित्दै गएकाले बुढेसकालमा छोरालाई भनिछन् बाबु म केही मन्दिरको दर्शन र तिर्थ गर्न जान्छु भनेकाले छोराहरूले बोकेर तिर्थस्थलतर्फ लगेछन् । जाँदा-जाँदा बाटोमा खाना खानुपर्यो भनेर खाना खान लागेछन् त्यही एउटा बृद्धबुढोले टुलटुल हेरेको देखेर ति बृद्ध महिलालाई दया पलाएर आएछ छोराहरूलाई भनिछन् बाबु त्यो बुढालाई नुहाई यो खाना खुवाउ भनेपछि छोराहरूले अनुशरण गरेछन् र नुहाई कपडा लगाई आमाको नजिक ल्याउदा त जसलाई आमालाई खान बोलाउनुस भन्दा नबोलाउने पुर्ब दुलाह रहेछन् ।

किन यस्तो हाल भएको भन्दा छोराछोरीहरुले खाना खान नदिएकाले यस्तो भएको भनेर राम कहनी सुनाएछ । हो यदि तपाईंले मैले भनेको मानेको भए यो अवस्थामा हजुर पुग्नु हुने थिएन हामीले जस्तो विउ रोप्छौ त्यस्तै फल दिनेछ भनेपछी गल्ती महसुस भएछ । ठिक यो कहानी अहिले बृद्धआश्रममा डाक्टर, इन्जिनियर, पाइलट, नेताका आमाबुबाको मुखबाट सुनेका थियौँ ।

आज बृद्धआश्रम छोड्नेका सन्तानले के आफ्ना बाबुआमालाई यसो नगर्लान । तर मानिसलाई पैसाले अन्धो बनाएको छ के राम्रो के नराम्रो हेक्का छैन । अग्रजहरूलाई सम्मान गर्ने परम्परा नेपालमा छैन । सिट पाएमा आफुलाई राजा सम्झनेहरूले समय चिन्न सकेका छैनन् भन्ने उधाहरण ती बृद्धहरूको मुखबाट सुन्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कलियुगको प्रभाव नेपालबाट शुरु हदैछ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!