लेखहरु

नेपालमा बलात्कार किन बढ्दैछ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ । त्यस्तै उमेर नपुगेको ब्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ । बलात्कार हुनुको पछि कुलतलाई मान्न सकिन्छ ।

आज मानिसहरूमा राजनीति माथि भरोसा भएकाले म जे गर्छु त्यलाई संरक्षण गर्ने मेरो राजनीति दल छ भन्ने भावना र पावर फुल व्यक्तिका सन्तानहरू जुन कुलतका सिकार भएका छन् तिनले घटाएको हुन सक्ने हाम्रो ठहर छ । आज महिला राष्ट्रपति भएको देशमा यस्तो घटना घट्नाले राम्रो सन्देश नगएको देखिन थालेको छ । सुरक्षा संयन्त्र फितलो हुनुमा राजनीति हस्तक्षेप प्रमुख देखिन्छ । नेपालमा जतिपनि ठुला, सानातिना घटना भएका छन् सबैलाई राजनीति समर्थन प्राप्त छ ।

देशको सुरक्षामा खटेको सेना र नेपाल प्रहरीलाई राजनीतिबाट पृथक राखेर जिम्मा दिन सके मलाई लाग्छ यस्तो घटना नहुन सक्छ । घटना घट्छ र माथिबाट दवाब आउछ सकेसम्म दवाउने प्रयत्न गरेको हुन्छ । राष्ट्रको सुरक्षामा खटेकालाई पुरा अधिकार दिन सके यस्ता घटना नहुने निश्चित देखिन्छ । हिजो राजसंस्थाको पालामा यस्ता घटना त्यति घटेका थिएनन् भने आज लोकतन्त्र बहाली भएदेखि हत्या हिंसा बलात्कार महंगी जस्ता घटना वृद्धि भएका छन् लोकतन्त्रले जनताको हितमा केहि नगरेको प्रष्ट देखिन थाल्नु यो व्यवस्थाको सफलतामाथि प्रश्नचिन्ह खडा भएको छ ।

हामीले जे सोच्छौ त्यो सम्भव छैन एउटा सानो परिवार हाक्न जति सजिलो छ त्यो भन्दा कठिन छ सिङ्गो राष्ट्र हाक्न । हरेक क्षेत्रमा सवै हामीले गर्छौं भन्नु भन्दा सम्बन्धित सुरक्षा निकायलाई जिम्मेवारी दिनाले यस्तो घटना घट्नबाट रोक्न सकिनेछ । आज नेपालमा लागुऔषध र खुलम-खुल्ला बिक्रिमा रहेको मदिरामा टाइट गर्न सके यस्ता घटना रोक्न सहज हुने अनुमान गर्न सकिन्छ । खुला सीमानाले पनि यस्ता घटनामा वृद्धि भएको हुन सक्छ । राष्ट्रको सुरक्षा सहि होस् भन्ने चाहना भए पर्खाल उठाउन पर्ने देखिन थालेको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

धर्म संस्कृति र यसको महत्व

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!