जीवन-दर्शन

केटीहरुले आफूभन्दा बढी उमेरको केटासँग विवाह गर्ने कारणहरु

केटीहरुले आफूभन्दा बढी उमेरको केटासँग विवाह गर्ने कारणहरु ! हाम्रो नेपाली समाजमा धेरैजसो श्रीमान र श्रीमतीको उमेर फरक धेरै नै हुन्छ । धेरैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । खासमा केटाले आफू भन्दा कम उमेरकी केटी खोजेको नभई केटीहरु नै आफू भन्दा बढी उमेरको केटासँग विवाह गर्न चाहेर यस्तो भएको निष्कर्ष केहि समय अघि गरिएको एक अध्ययनले देखाएको छ ।

१. सुरक्षाको निश्चितता हुने हुनाले

केटीहरुले आफू भन्दा बढी उमेरका केटा खोज्नुका धेरै कारण छन् । खासमा बढी उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । बढी उमेरका पुरुषहरु आर्थिक रुपले पनि सवल हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । बढी उमेरका केटासँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२. समझदारी हुने भएकोले

केटीका भावनात्मक कुरा बढी उमेरका केटाले बढी बुझ्छन् भन्ने बुझाइ केटीमा हुन्छ । केटीहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि बढी उमेरका केटाले गर्ने हुँदा उनीहरुलाई बढी उमेरका केटा चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका केटाबाट यी सवै कुरा नपाइने हुँदा केटी बढी उमेरका केटा रोज्छन् ।

३. अनुभवी हुने भएकोले

केटीहरुलाई यस्ता केटा चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका केटा उनीहरुलाई मनपर्छ । उनीहरु चाहन्छन् आफ्नो श्रीमान यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । भनिन्छ केहि केटीहरुलाई त आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

४. धेरै कुराको अनुभव र ज्ञान हुनाले

आफु भन्दा बढी उमेरका केटामा बाहिरी धेरै कुराको अनुभव र ज्ञान बढि हुन्छ । आफ्नो श्रीमानले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको केटीहरुलाई मनपर्छ । यस्ता केटामा के सही र के गलत छुट्टाउन सक्ने क्षमता हुने पनि केटीहरु ठान्छन् । खासमा केटीहरु प्रत्येक प्रश्नको जवाफ श्रीमानले नै देओस भन्ने चाहन्छन् ।

५. प्रलोभनको कारणले

प्रलोभनको कारणले पनि केटीहरु बढी उमेर भएका केटाहरुको चंगुलमा फस्छन् । कैयौं केटीहरु धेरै सौखिन र फेसनेवल हुन्छन् । उनीहरुको आवश्यकता र महत्वाकाक्षा धेरै हुने तर आवश्यकता पुरा गर्ने साधन सिमित हुन्छ । यस्तो परिस्थितीमा यदि कुनै बढी उमेरको केटा धनी छ भने यस्ता युवतीहरु र उनीहरुतर्फ आकषिर्त हुन्छन् । यस समयमा उनीहरुले पछिसम्मको परिणाम हेर्दैनन् ।

६. परिस्थितीको कारणले

आफ्नो कार्यक्षेत्रको परिस्थितीको कारणले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा केटीहरु कहिलेकाँही आफुभन्दा सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ । अनुभव नभएका केटीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै केटीहरु केटा सहकर्मीहरुका नजिक आउँछन् । कामको सिलसिलामा लगातार सँगै रहँदा कैयौं पटक मन पनि मिल्छ ।

७. बाध्यताको कारणले

कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित केटाको उमेर होइन । आजकल धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ । कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि केटीहरुले आफ्ना सहकर्मी केटाहरुको सहयोग लिन हिच्किचाउँदैनन । यो आवश्यक पनि हुन्छ तर मनलाई के गर्ने ? सहयोग लिँदालिँदा मन पनि एकअर्काको नजिक आउँछन् त्यतिखेर उमेरको बन्धनले कुनै अर्थ राख्दैन ।

८. शान्ति महसुस् हुने भएकोले

केटीहरु चाँडो आत्तिने र रिसाइरहने हुन्छन् । साना-तिना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने केटीको बानी नै भएकोले यस्तो कुरा बुझ्न र सम्हाल्नका लागि आफु भन्दा बढी उमेरका केटाको खोजीमा केटीहरु हुन्छन् । आफूलाई मानसिक रुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने केटालाई श्रीमान बनाउन केटीहरु चाहान्छन् ।

९. धोका नदिने हुनाले

केटीहरु कम उमेरका केटाको तुलनामा बढी उमेरका केटाले धोका दिने खतरा कम देख्छन् । बिशेषगरी कम उमेरका केटाहरु चंचल हुने र भेटेसम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर केटीहरुमा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो श्रीमानले अन्य केटीहरुलाई नहेरोस् भनेर केटीहरु बढी उमेरका केटा छान्छन् ।

१०. स्वार्थको कारणले

केटाहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका केटीहलाई आफ्नो मोहजालमा फसाउँछन् । केटीहरुले सहकर्मी भएको नाताले मात्रै पनि केटाहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । यस्तैमा स्वार्थी प्रवृत्तिका पुरुषले यसको गलत फाइदा उठाउने कोसिस गर्छन् र केटाहरु उनीहरुको माया जालमा फस्न पुग्छन् ।

यो पनि पढनुहोस्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!