टिप्स

केटाका यी ७ कुराहरु हरेक केटीलाई मन पर्छ

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हुँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनुपर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।

१. सिधा सादा

सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।

२. रुखो ब्यवहार देखाउने केटा

कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

३. आत्मविश्वासी

कुनै पनि केटीलाई उच्च आत्मविश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्मविश्वास भएका केटाको नजरमा केटीहरु पग्लि हाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परि हाल्छन् ।

४. गम्भिर

कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

५. ख्याल ठट्टा गर्ने केटा

आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।

६. खुशमिजास

धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

७. सम्मान दिन जान्ने

केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यस्ता छन् १० कुराहरु

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

महिलाका यी ७ कुराहरुमा आकर्षित हुन्छन् पुरुषहरु

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!