आयुर्वेद

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो छ वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व, जानी राखौ ! आज विश्वका अधिकांश मानिस आयुर्वेदिकप्रति झुकेको पाइन्छ । आयुर्वेद हर्वल औषधि जस्तो राम्रो औषधि शायद केहि छैन जस्तो हामीलाई लागेको छ । डाक्टर पढेकाले मात्र यो औषधि प्रयोग गराउनुपर्छ भन्ने होइन यसमा राम्रो ज्ञान र अनुभव भएकाले पनि यो औषधि चलाउन र उपचार गराउन पाउनुपर्छ ।

हाम्रो देशमा यस्ता औषधि अनेकौं छन् तर प्रयोग नहुनाले त्यसै खेर गई रहेका देखिन्छन् । समय-समयमा सेमिनार लगाएर भएपनि यस्ता औषधिको ज्ञान बढाउन आवश्यक छ । आफ्नो देशमा जडिबुटी त्यसै खेर गई रहेको अवस्था छ । यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

हाम्रो समय केवल घुम्न र रिल्याक्समा बितेको देखिन्छ । हामी आफुले उत्पादन गरेको वस्तुमा भन्दा अरूले उत्पादन गरेको वस्तुमा बढी आकर्षित भएका छौं । देशपछि पर्नुको कारण पनि यहि हो । भएको छोराको गला निमोट्ने चलन नेपालमा देखिएको छ । नेपाली बजार विदेशीले पाएको छ । नेपाली बेरोजगार छन् यो सवै बढी कमाउने लालचको परिणाम हो ।

हाम्रो जंगलमा अनेकौं जडिबुटी उत्पादन गरेर बेरोजगार मेट्न सक्ने सम्भावना छ तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । यसको कमजोरी पक्ष भनेको हामीले यसतर्फ ध्यान दिन नसक्नु हो । हामी उत्पादनमुखी नभएर ह्रासतर्फ लागी रहेका छौं । राम्रो मेहनत गर्न सके सुन फलाउन सकिन्छ ।

अमेरिकनहरूले प्राय: एलोपैथिक औषधि कम प्रयोग गर्छन् भने हर्बल औषधि बढी प्रयोग गर्दछन् । तर हामीले यस्ता औषधि प्रयोग गर्नतर्फ भन्दा बनेका औषधितर्फ बढी ध्यान दिने गरेका छौं । दवाई र औषधिबारे पहिले बुझ्न आवश्यक छ । दबाई भनेको दबाउने र औषधि भनेको निर्मुल पार्ने हो तर हामीले रोगलाई केवल दबाएर राख्नेतर्फ मात्र ध्यान दिने गरेका छौं यो दुर्भाग्य हो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

आयुर्वेदिक औषधि र यसको रहस्य

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!