घरेलु उपचार

सागसब्जीबाट गरिने रोगको उपचार, जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्दा कतिपयलाई अचम्म लागेको हुन सक्छ । सागसब्जीबाट पनि उपचार हुन सक्छ । तर यो सत्य हो । आज हामीहरू प्राय: पश्चिमी उपचारप्रति निर्भर छौं । साना-तिना रोगको उपचार हामीले सागसब्जीबाट पनि गर्न सक्छौ तर यसको राम्रो जानकारी नहुनाले यसको फाइदा लिनबाट बन्चित छौं ।

आजको लेखमा सागसब्जीबाट कसरी उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछौं । ध्यान दिएर पढेर फाइदा लिन नभुल्नुहोला भन्ने हामी चाहन्छौं । कतिपय यस्ता रोगहरूछन् जसलाई सागसब्जीको मद्दतले निको बनाउन सकिन्छ । एकपटक एकजना जण्डिसले पिडित व्यक्तिको उपचार मुलाको सागबाट गरेको थिए र आश्चर्य रूपमा सफल भएको थिए ।

हाम्रो समाजमा कतिपय यस्ता बस्तु छन् तर विश्वासको कमिका कारण उपयोग विहिन छन् । कस्ता-कस्ता उपचार गरियो तर यसले पनि के निको हुन सक्ला भन्ने विश्वासको अभावले गर्दा हामी कमजोर हुदैछौं । आउनुस् सागसब्जीबाट कसरी उपचार गर्ने भन्ने कुरा आफुले पनि सिकौं अरूलाई पनि सिकाउ ।
सागसब्जीबाट रोगको उपचार गरी निरोगी बनौं भन्ने मेरो पाठकहरुलाई सल्लाह छ ।

यस्ता छन् सागसब्जीबाट गरिने रोगको उपचार, जानौं

१. जण्डिस

मुलाको पात ल्याउनुहोस् र थिचेर रस करिब दुई माना जति निकाल्नुहोस् । दुई माना रसमा खस्रो चिनि मिलाएर जण्डिसको रोगीलाई खान दिनुस् जण्डिस निको हुन्छ यो ठिक नहुदासम्म दिनुपर्ने हुन्छ ।

२. बवासीर

मूलाको पातको रस १-१ चमच दिनमा ३ पटक खान दिनुस बवासीर पायल्स निको बनाउदछ ।

३. फेरिनजाइटिस र लेरिनजाइटिस हटाउन

पत्ता गोभीको पातको रसमा समभाग पानी मिलाएर गारगल गर्नाले गला सम्बन्धित रोग नष्ट गराउदछ ।

४. रगतको कमि र नेत्र ज्वति बढाउन

प्रतिदिन दिउसो एक गिलास गाजरको रस पिउनाले शरीरमा रगतको वृद्धि गराउदछ । शरीर पुष्ट हुनुको साथै आँखाको ज्योति बढ़ाउदछ ।

५. रक्तस्राप भएमा

शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ ।

६. तौल घटाउन र इन्सुलिनको स्तर कम गर्न

बेथेको साग नियमित खानाले तौल घटाउन मद्दत गर्छ । प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ, जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दत गर्दछ ।

७. कोलेस्ट्रल, सुजन र रक्तचाप कम गर्न

एक अध्ययनका अनुसार बेथेको सागमा ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

८. रुघाखोकी, जिउ दुख्ने समस्या हटाउन

चम्सुरको सेबनले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या भएकालाई फाइदाजनक छ, यसमा प्रशस्त भिटामिन पाइने हुनाले गर्भवती महिलाको लागि पनि फाइदाजनक हुन्छ ।

९. मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर हटाउन

चमसुरको प्रयोग शरिरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर आएमा यसको रस बनाएर लगाउदा राम्रो हुन्छ ।

१०. आँखाको ज्योति बढाउन

चम्सुरमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइने हुनाले आँखाको ज्योति बढाउँछ । रतन्धो, मोतिबिन्दुबाट बचाउँछ ।

११. शुगर लेबल कम गर्न

खाना हमेसा हल्का र चाडो पच्ने खालको हुनुपर्छ । साग सब्जी,फलफूलको सेवन बढी गर्नुपर्छ । यसरी सेवन गरेमा शुगर लेबल कम हुनुको साथै स्वास्थ्य लाभ हुनेछ ।

१२. मोटो हुनबाट रोक्न

हरियो सागमा फ्याट र क्यालोरी कम हुन्छ । यस्ले मोटो हुनबाट रोक्दछ । पेट साफ राख्दछ । पेटमा भएको विषादी हटाउन समेत यसले राम्रो मद्दत गर्दछ । आवस्यक अनुसार नियमित साग खाने गर्नुपर्दछ ।

१३. कपाल झर्ने समस्या हटाउन

आजको युगमा हरियो सागसब्जी नखानुको परिणामले हाम्रो कपाल झर्ने समस्या बढी देखिएको छ । यस्तो समस्या हल गर्न समेत हरियो सागसब्जीले राम्रो भुमिका खेलेको हुन्छ । कपाल झर्ने समस्या भएकाहरूले हरियो साग सब्जी खानुस भन्ने हाम्रो राय छ ।

१४. पशस्त भिटामिन प्राप्त गर्न

हरियो तरकारीमा भिटामिन प्रशस्त पाइन्छ । हरियो सागमा आइरन, क्यालशियम, भिटामिन ए, सि, के, ग्लाइसेमिक जस्ता थुप्रै भिटामिन पाइने हुनाले धेरै रोगहरू निको बनाउन राम्रो मद्दत गर्दछ ।

नोट : औषधिको रूपमा सागसब्जी खुवाउदा जस्तोसुकै अवस्थामा पनि खान दिन सकिन्छ । तर सर्दि र चिसो प्रकृतिको व्यक्तिको हकमा चिसो गराउने खालको सागसब्जी नखानु राम्रो भनेको छ । सागसब्जी खान डाक्टरको परामर्शको आवश्यक पर्दैन । स्वास्थ्य ठिक होस् भन्ने सोच भएमा हरियो साग सब्जीको सेवन बढी गरौं ।

यो पनि पढनुहोस्

चम्सुरको साग खानुका फाइदाहरु

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!