स्वास्थ्य

दमको कारण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दमको रोग एक श्वासप्रश्वाससित सम्बन्धित रोग हो । दमको रोगलाई अंग्रेजीमा आस्थमा भनिन्छ । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ ।

दमको रोग लाग्न सक्ने केहि कारणहरू

१. वातावरणीय प्रदुषण

कयौं मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्दछ । जसलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ ।

२. मौसमको परिवर्तन

कयौं मानिसहरुमा मौसमको परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ ।

३. पेशाका कारण हुने रोग

मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरुमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

४. मुटु रोगले हुने आस्थमा

मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण हुने गर्दछ ।

उपचार

१. ईसबगोल : ईसबगोल नित्यप्रति १० ग्राम विहान बेलुका ४ हप्तासम्म सेवन गर्नाले यो रोग ठिक हुन्छ भनेको छ । तर हामीले प्रयोग भने गरेका छैनौ ।

२. सानो इलायची र मालकागनी : सानो इलाइचीको बिउ १ ग्राम, मालकागनी १ ग्राम बिहानै निल्नाले पनि यो रोग निको हुन्छ ।

३. अदुवा : अदुवाको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाउनुहोस् । यो मिश्रणलाई दिनमा ३ चोटी १-१ चम्चा खाएमा दमबाट राहत पाउन सकिन्छ ।

४. सुठो : सुकेको अदुवालाई मसिनो गरि पिनेर हरेक दिन १ चम्चा अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ ।

५. अदुवा : १ इन्च अदुवालाई पानीमा राखेर १० मिनेटसम्म उमालेर उक्त पानी पिउनाले पनि दमबाट तुरुन्तै राहत पाउन सकिन्छ । अदुवा:तपाईँले काँचो अदुवालाई नुनसँग मिसाएर पनि खान सक्नुहुन्छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

खोकी र यसको घरेलु उपचार

खोकी र यसको उपचार

खोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!