स्वास्थ्य

कोरोना भाइरसको उपचारमा उपयोगी घरेलु औषधिहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरस पनि श्वास-प्रश्वाससंग सम्वन्धित भएको रोग हो । यस्ता भाइरस पनि शुरू शुरूमा रुघाखोकी हुदै श्वास नलीमा असर हुने र अन्तमा अक्सिजन बन्ने प्रक्रिया ब्लक भई मानिसको मृत्यु हुन पुग्दछ । यस्ता रोगमा एलोपैथिक औषधिले काम गर्न सक्दैन यस्ता रोगमा घरेलु औषधि प्रयोग गर्दा फाइदा हुन सक्ने देखिन्छ ।

नेपालमा श्वास-प्रश्वासमा राम्रो प्रभाव पार्न सक्ने घरेलु औषधि जडिबुटी बारमा प्रशस्त देखिएका छन् । यस्ता जडिबुटी प्रयोग गर्न सकेमा नागरिकलाई गम्भीर रोगबाट समेत बचाउन सकिने देखिन्छ । यस्ता औषधि सस्तो र भान्सा मै धेरैजसो प्राप्त गर्न सकिने र केही जडिबुटी बारेमा प्राप्त गरेर फाइदा उठाउन सकिने भएको छ ।

चिसो मौसममा हुने रूघाखोकी, दम र निमोनियाले मानिसलाई सवैभन्दा बढी असर गरेको हुन्छ। यस्तो मौसममा घरेलु जडिबुटीबाट उपचार गरेर फाइदा लिन सक्ने प्रशस्त सम्भावना छ । हाम्रो देशमा यस्ता अनेकौं जडिबुटी छन् जसको प्रयोग हामीले जान्दा जान्दै पनि गर्न सकि रहेका छैनौं ।

यसको सवैभन्दा ठोस कारण हो अरूको भरमा बाच्ने बानी । आजको लेखमा मैले केही जडिबुटीबाट यस्ता रोगको उपचार गरेर लाभ लिन सकिने जडिबुटीबारे जानकारी पस्कनेछु । सर्दि रूघाको कारणले गर्दा श्वास-प्रश्वासमा समस्या हुनु, दम बढ्नु जस्ता थुप्रै समस्या देखिएको हुन्छ ।

रूखाखोकीले मानिसलाई यो मौसममा बढी असर हुने हुनाले यो रोगबाट बच्नु सवैभन्दा राम्रो उपचार मानिएको छ । खोकी, बैक्टीरियल या वायरल इन्फेक्शन, ऐलर्जीक आदि कारणले गर्दा यो समस्या बढ्दै जाने गरेको हुन्छ । हाम्रो छिमेकी मुलक भारतमा भने भान्सामा भएका औषधिबाट उपचार गरेको पाइन्छ ।

तर नेपालमा भने एलोपैथिक औषधि नै बढी प्रयोग गरेको पाइन्छ । साना-साना रोगको लागि घरेलु औषधि सेवन गरेर प्रशस्त फाइदा हुने गरेको पाइन्छ । यस्ता रोगमा घरेलु जडिबुटीको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ भन्ने जानकारी तल दिएको छु । यस्ता औषधि प्रयोग गरेर स्वास्थ्य लाभ लिनुहोस् भन्ने हाम्रो आग्रह छ ।

भान्सामा पाइने जडिबुटीबाट उपचार गर्ने तरिका

१. मह,नीबूवा र अलैचीको मिश्रणलाई आधा चमच महमा मिलाई चाट्नाले खोकी रूघामा राम्रो फाइदा गर्दछ ।

२. हलेदोको चुर्णलाई एक गिलास दुधमा राखेर खान दिएमा राम्रो फाइदा गर्दछ । हलेदोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले राम्रो फाइदा गर्दछ । यो औषधि राती सुत्नु अगाडि खानुपर्ने छ । हलेदोमा एन्टी बैक्टीरियल र एन्टी वायरल प्रॉपर्टीज भएकाले राम्रो फाइदा गर्दछ ।

३. मह र ब्राण्डी रक्सीको मिस्रण गरेर खानाले पनि चिसो काट्नुको साथै रूघाखोकी राम्रो हुनेछ ।

४. अदुवा, तुलसी र कालो मरिच मिलाएको चिया बनाएर सेवन गर्नाले खोकी, रूघा निको बनाउदछ ।

५. अदुवा, मह र तुलसीको पात मिलाएर सेवन गर्नाले रूघाखोकीमा राम्रो फाइदा गर्दछ ।

६. कालो मरिचलाई गाईको घिउमा मिलाएर खाने गर्नाले राम्रो फाइदा गर्दछ ।

७. असुरो, रूदिलो र मह मिलाएर सेवन गर्नाले राम्रो फाइदा गर्दछ ।

८. अमलामा भिटामिन सि प्रसस्त पाइने हुनाले यसको प्रयोग नियमित सेवन गर्नुपर्दछ ।

यो पनि पढनुहोस् 

रोग लाग्नुका कारणहरु

रोगको प्रमुख कारण स्वयं मानिस हो

रोगको उपचार औषधि मात्र नभएर जान्न आवश्यक छ के कारणले लाग्यो रोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!