आयुर्वेद

फिस्टूलाको सफल उपचार आयुर्वेदिक जडिबुटी औषधिबाट

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फिस्टूलाको सफल उपचार गर्न परेमा यो जडिबुटीबाट बनेको औषधि अपनाउनुस । जडिबुटी हाम्रो सम्पदा हो यसलाई जतिसक्दो सेयर गरेर जन-जनसम्म पुराउनुहोस् । आज हरेक व्यक्ति जसले माछा मासु र मरमसला बढी सेवन गर्दछ । त्यस्ता व्यक्तिहरूलाई (Fistula) बढी हुने गरेको पाइन्छ । यो रोग गुद्धद्वारको मुखमा मासुको डल्लो जस्तो बनेर बाहिर निस्कने दुख्ने हुन्छ ।

यो रोगको एउटा मात्र विकल्प भनेको (Operation) भन्दा हुन्छ । तर आज मैले यो रोगको सफल उपचार लिएर पाठक सामु आएको छु । फिसर र पायल्स जस्तै देखिने यो रोगको सटिक उपचार नहुदा मानिसहरू दु:खको सामना गर्नुपर्ने भएको देखिएको छ ।

नेपालमा यो जस्ता थुप्रै रोगको सरल उपचार हुदाहुदै पनि जानकारी नहुनाले समस्या जिउका रोग भएको देखिन्छ । नेपालमा प्राय: धेरैलाई यो समस्या देखिएको छ । आजको लेखमा फिस्टूला (Fistula in ano) को सफल उपचार दिन गइरहेको छु । यस्ता रोगको उपचार समयमा नहुदा दु:खको सामना गर्नुपर्ने हुनसक्छ ।

अधिकांश व्यक्तिहरूलाई पुर्ब Operation भइसकेको र पुन Fistula भएको खण्डमा भने यो औषधिले काम गर्न सक्छ भन्न सकिएको छैन् । अधिकांश केसमा यो औषधि सफल भएको छ । हामीले यो रोगको सफल उपचार गरेर पुरस्कार समेत पाउन सफल भएका छौं ।

उपचार गर्दा गर्दा थाकी सक्नु भएको भए आजैदेखि (Fistula in ano) को आयुर्वेदिक उपचार गरेर लाभ उठाउनुहोस् भन्ने आग्रह छ । यो उपचार १५५० जनामा सफल भइसकेको छ । रोग लाग्नुको प्रमुख कारण खानपिनको लापरबाही भएको हाम्रो ठहर छ । यो औषधि सेवन गर्दा या गराउदा माछा मासु, मरमसला कम्तीमा ३ महिनाको लागी छोड्नुपर्ने छ ।

यो औषधि बनी बनाएको आयुर्वेदिक पसलमा पाइन्छ । यो औषधि खाने तरिका यस्तो छ ।

१. काचनार गुगल १ देखि २ गोलीसम्म दिनमा २ पटक वैद्यकीय निर्देशनमा लिनुहोला ।

नोट : एक पटक अप्रेसन भएर पुन शुरु भएमा सर्जनलाई भेट्नुहोला ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र यसको रोकथाम यसरी गरौं

यस्ता छन् पिपल (Ficus Religosa) का फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!