स्वास्थ्य

कोरोना भाइरस र यसको रोकथाम यसरी गरौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यति बेला चीनमा फैलिएको कोरोना भाइरसले मानिसलाई त्रासदी फैलाएको देखिन्छ । यस्ता रोग पहिले-पहिले पनि नदेखिएको भने होइन तर अहिले देखिएको कोरोना भाइरस अन्य भाइरस भन्दा अलि कडा रूपमा देखिएको छ । यस्ता भाइरसको उपचार भने छैन भन्दा खासै फरक पर्दैन ।

अहिले चिनमा फैलिएको यो भाइरसले छिमेकी राष्ट्रलाई पनि छुदैछ । यस्ता भाइरस नहोस् भन्नाका लागि उच्च सतर्कता अपनाउन आवश्यक छ । हावाको माध्यमबाट सर्ने यस्ता रोगको उपचार कसरी गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ । यस्ता रोग जनवारको मासु खानेहरूलाई बढी हुन सक्ने देखिएको छ ।

यस्ता भाइरस प्राय: विकसित देशहरूमा बढी देखिएको छ । जहाँ लापरबाही त्याहा रोगको आक्रमण स्वाभाविक हुन सक्छ । हाम्रो छिमेकी मुलुकमा फैलिएको यो भाइरसबाट बच्न र रूघा लाग्न नदिने खालको आयुर्वेदिक औषधि अपनाउन सके ठूलो राहत पुग्ने देखिन्छ ।

यो भन्दा पहिले यो भाइरस फैलन सक्ने माध्यमबाट कसरी आफुलाई बचाउन सकिन्छ भन्नेतर्फ लाग्नु नै सवैभन्दा ठूलो उपचार ठान्नुपर्छ । यस्ता रोग लाग्दा मानिसको शरीरमा कस्ता लक्षण उत्पन्न हुन सक्छ भन्ने जानकारी हरेकलाई हुन आवश्यक छ । सामान्य कोरोना भाइरसले संक्रमण गरी सकेपछिको शुरुवाती लक्षण पनि यस्तै हुन्छ ।

सामान्य रुघाखोकी जस्तै लक्षण देखिएपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमश: उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट राम्रो उपचारको अभावमा मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के हो भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दै-सर्दै मान्छेसम्म पुग्छ ।

उपचार

१. एकबाट अर्को जीवमा सर्ने खालको भाइरस भएकाले यस्ता जीबजन्तुको मासु खानबाट रोक लगाउन आवश्यक छ । माछा, मासु, चराचुरूंगीको मासु खान रोक लगाउन आवश्यक छ ।

२. यो एक प्रकारको सक्रमण खालको भाइरस भएकाले असुरोको पात,रूदिलाको पात,तुलसी को पात,ल्वाङ,सुकमेल,मरिच ,बेसार राखेको चिया बनायर खानाले रूघाबाट यसले बचाउनेछ ।

३. रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने ।

४. रूघा लागेर कोही आएको छ भने हात नमिलाउने गल्तीले हात मिलाएको भएमा साबुन पानी र स्पिरिटले हात सफा गर्ने ।

यो पनि पढनुहोस्

यस्ता छन् पिपल (Ficus Religosa) का फाइदाहरु

स्वास्थ्यका लागि आयुर्वेदिक औषधि नीम (Azadirachta Indica) का फाइदाहरु

टुटेको हड्डी जोड्न प्रयोग हुने औषधी सिम्फाइटम (Symphytum) – कॉम्फ्रे-निटबोन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!