हेल्थ टिप्स

मह र यसको फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महबारे कसालाई थाहा नहोला तर महको गुणबारे जानकारी नहुनाले कतिपयले महको उपयोग कुन-कुन रोगमा गर्न सकिन्छ भन्नेबारे आजको लेखमा प्रस्तुत गर्न गइरहेको छु । हामीले प्राय: जसो घरमा मह राखेको पाएका छौं । महको इतिहास लामो छ ।

मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करीव ३३०० वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।

मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्वकालदेखि उपयोग गरिँदै आएको छ ।

आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषकतत्त्वको भण्डार हुन्छ । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् ।

यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ । महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्त्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन ।

दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।

महका फाइदाहरू

१. दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।

२. अदुवाको रसमा मह मिसाएर खानाले खोकी निको हुन्छ । सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ ।

३. पाकेको आँपको रसमा मह मिसाएर खुवाउँदा जण्डिज निको हुन्छ ।

४. वान्ता भएमा समय पुदिनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।

५. सुख्खा छालामा मह, दुधको तर, क्रिम र बेसन मिसाएर नियमित लगाउँदा छालामा सुन्दरता आउँछ । यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमक आउँछ ।

६. प्याजको रस र मह बराबर मिसाएर सेवन गर्दा कफ निको हुन्छ ।

७. कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्छ । अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

जाडोमा मह खानुको फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

केराउ र चना खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!