खानपान

चिप्ले भिन्डी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यको दृष्टिकोणले चिप्ले भेन्डी निकै महत्वपुर्ण देखिन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । मलाई मनपर्ने सब्जीमा चिप्ले भेन्डी पनि एक हो ।

यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । अन्य तरकारीको तुलनामा यो धेरै स्वादिष्ट हुने हुनाले धेरैजसो भान्सामा भेन्डी पाकेको देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

गर्मीमा मेवा खानुका फाइदाहरु

किसमिस खाँदा स्वास्थ्यमा हुने फाइदाहरु

जामुन खानुका फाइदाहरु

आलु र यसका फाइदाहरु

फर्सी खानुका फाइदाहरु

सामान्य तरकारीको रूपमा सेवन गर्न सकिने भेन्डीमा पनि आन्द्रामा हुने कोलोन क्यानसरबाट फैलन सक्ने बिषालु तत्वलाई हटाउने क्षमता भिन्डिमा छ भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ ।

कतिपयले भेन्डी मन नपराउने गरेको पाइन्छ । यस्तै यस्तै बानीका कारण मानिस थुप्रै रोगको सिकार भएको देखिन्छ । भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक तत्व पाइन्छ ।

Like & Follow us on Facebook

भिन्डीको सेवन नित्य गर्नेहरुको केस लामो सामयसम्म कालो र घना हुन्छ । यसले शरीरमा बढ्ने बोसोलाई समेत घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ । मानिसको सवैभन्दा ठूलो रोग वोसो हो बोसो बढ्न नदिन चिप्ले भेन्डीले मदत्त गर्दछ ।

हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्‍याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!