मुख्य समाचारसमाचार

आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिने

काठमाडौँ, २२ वैशाख । आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिनेछ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम २० गते शुक्रवार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुसार सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिनेछ

युवाहरूको प्रतिभा पहिचान, परिचालन र प्रवर्द्धनका लागि नियमित रूपमा सिर्जनात्मक गतिविधि सञ्‍चालन गरिनेछ । विज्ञान तथा प्रविधि एक्स्पो, प्रदर्शनी, महोत्सव आयोजना गरी राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रियस्तरमा नेपालीहरूले गरेको आविष्कारहरूको बारेमा जानकारी तथा ज्ञान विस्तार गरिनेछ । आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिनेछ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नु भएको सम्बोधनको बुँदा १७२ मा उक्त कुरा उल्लेखित छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मुस्ताङको युरेनियम खानी उत्खननको लागि अध्ययन गरिने

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को नीति तथा कार्यक्रममा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!