मुख्य समाचार

भदौ २ र ३ गते काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने

काठमाडौं, ३२ साउन । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भदौ २ र ३ गते पाँचौ अन्तर्राष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा श्री चैतन्य  सारस्वत ईन्स्टिच्युटले पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो । यसको आयोजक श्री चैतन्य सारस्वत ईन्स्टिच्युट रहेको छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा  प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविधालय धुलिखेल,  त्रिभुवन विश्वविधालय केन्द्रिय जैविक प्रविधि विभाग किर्तिपुर, श्री चैतन्य सारस्वत सभा नेपाल सह-आयोजक रहेका छन ।

दुई दिनसम्म चल्ने सम्मेलनमा  नेपाल, भारत, अमेरिका, बेलायत, ईन्डोनेशिया, इजरायल, कोलम्बिया लगायतका १० देशका करिब १००० वैज्ञानिकहरूको सहभागिता रहनेछ भने  ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६०८ वटा वैज्ञानिक र प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.  जिवराज पोखरेलले यस्तो प्रकारका सम्मेलन नेपालमा प्राय: कम हुने बताएका छन् ।  प्रा. रजनी मल्लले मानव जीवन सातवटा चक्रले बनेको र वैज्ञानिक अनुसान्धानका छाडी कुनै शक्ति लुकेको दावी गरेकी छन् । डा. नविन कुमार शर्माले यस्ता अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले बिज्ञान तथा प्रविधिको खोज तथा अनुसन्धानमा ठुलो भूमिका खेल्ने बताए । ईतिहासविद् डा.निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले पूर्व पश्चिमलाई जोड्नमा मद्दत पुर्याउने दावी गरेका छन् ।

डा. भक्ति निस्काम सन्तले गोष्ठिमा उपस्थित भएर मानवको नयाँ खोज र त्यसले मानव जीवनलाई दिन खोजेको आकारका बारेमा जान्नको लागि अनुरोध गरेका छन् । त्यस्तै कार्यक्रमा श्री चैतन्य सारस्वत सभा नेपालका अध्यक्ष राममणी नेपालले विज्ञानले प्रतिपादन गरेका अनेकौ सिद्धान्तका पछाडि दर्शनको हात रहेको दावी गरेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!