धर्म-सस्कृति

वैज्ञानिक युगमा पनि धर्म संस्कृतिको हुदैछ खाँचो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्म संस्कृति भनेको पहिचान हो । धर्मलाई जात जातिमा लगेर मिसाउनु हुदैन । यसले बैमनस्यता पैदा गराउदछ । धर्म संस्कृतिले काटमार गर भनेको छैन केहि बदमास पुजारीले मासु खानको लागी काटमार गरेको मात्र हो । हिन्दू धर्म सवैभन्दा उच्च स्थानमा देखिन्छ ।

यो धर्मले अरू धर्म मान्नेलाई समेत मिसाउन सक्छ । विश्वका अन्य धर्मालम्वीहरूले समेत रुचाएको धर्म भनेको हिन्दू धर्म रहेछ भन्दा खासै फरक छैन । समय साक्षेप धर्मलाई केहि परिमार्जन गरेर एकल धर्म मान्ने वातावरण मिलाउदा ठिक होला जस्तो मलाई लागेको छ ।

आज हिन्दू धर्मको जड भनेका शिवजी हुन् । शिवलाई अनेकौं रूपमा हामीले मान्ने गरेका छौं । जुनसुकै रूपमा मानौं, सवै एक हुन भन्ने विचार हामीमा जाग्न आवश्यक छ । कसैले ॐ लाई मान्ने गरेका छन् । ॐ को आदि रूप भनेकै शिव हुन भने कसैले अन्य रूपमा मान्ने गरेको हामीले देखिरहेका छौं ।

धर्म संस्कृति जस्तोसुकै रूपमा माने पनि हरेक जातजातिले आफ्नो बाबु-बाजेले माने अनुसार नै मान्ने गरेको हुन्छ । एउटा दलितले माथिल्लो जातको छोरी विवाह गरेपनि त्यो परिवारले स्वीकार गर्दैन तर गुरुङ मगर बाहुनले स्वीकारेको हुन्छ । धर्मले भेदभाव गर भनेको छैन यो तल देखि नै भेदभाव हुदै आएको छ ।

अबको नयाँ पुस्तालाई हामीले नयाँ शिक्षा दिन आवश्यक छ । भगवानले एक परिवारकालाई यसरी जातमा विभाजन गरेका रहेछन् जेठाले वेद पढ्दो रहेछ ब्राह्मण भएछ । माहिलो लड्दो रहेछ क्षेत्री भएछ । साइलोले कपडा सिलाउन थालेकाले दमाई भएछ । कान्छोले फलामका सामाग्री बनाउन खपिस भएकाले बिश्वकर्मा थर हुन पुगेछ ।

कामको भरमा यहाँ जात तोकिएको रहेछ तर हामीले बुझ्न नसक्दा आज जातीय भेदभावमा बाँडिन पुगेको देखिन्छ । समय परिवर्तन भए आज बाहुनले पनि सुन चाँदीको काम गर्न थाले, फलामको काम गर्न थाले । आज काम अनुसारको भेदभाव छैन यसैलाई हामीले परिवर्तन मान्नुपर्छ ।

अबको समय भनेको विज्ञानको समय हो । यो युगमा हामीले अझ धर्म संस्कृति मान्नुपर्छ । नत्र हामी पतनतर्फ उन्मुख हुनेछौं । आफ्नोको परायाको भन्ने छुट्याउन धर्म संस्कृतिले मद्दत गर्नेछ । लोभ लालचबाट बचाउनेछ । तर म भन्ने कुरीति र संस्कारको जड बलियो बनाउन धर्म संस्कृतिले ठूलो मद्दत गर्नेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

धर्म संस्कृति के हो ?

नेपालमा हुदैछ धर्म संस्कृति लोप

के हो धर्म संस्कृति रामरी बुझौ ?

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्म संस्कृति किन आवश्यक छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!