खानपान

स्वास्थ्यको लागि बेथेको साग खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बेथेको साग मलाई मन पर्छ । आजको लेखमा यसका फाइदाबारे पाठकलाई जानकारी पस्कने छौं । प्रकृतिले मानव स्वास्थ्यका लागि बेथे दिएको छ । हामीले बेथेको साग र दाना खानाले के कस्ता रोग निको हुन सक्छ भन्नेबारे जानकारी प्राप्त गरेर सबैले बेथे खाने गरे ठूलो फाइदा हुन सक्छ भन्ने कुरा यो लेखबाट थाहा दिनेछौं र हजुरहरूले पाउनु हुनेछ ।

हुनत हामीले यो भुल्नु हुदैन हरियो सागमा थुप्रै औषधिय गुण भरिएको छ । प्राप्त जानकारीको अभावको कारणले पनि हामीले फाइदा उठाउन सकि रहेका छैनौ जस्तो लाग्छ । बेथेको सागको दैनिक प्रयोगबाट हामीलाई आइरनको कमीलाई बेथेको सागले पूर्ति गर्दछ । बेथेमा फस्फोरस, भिटामिन डी र क्षार तत्व धेरै मात्रामा प्राप्त गर्न सकिन्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्ने जस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौला सम्बन्धी रोग निको पार्न र छाला सम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ । बेथेको दानालाई पिसेर लेदो बनाएर फोडामा लगाउदा पिलो चाडो निको हुने गर्दछ भने फेसमा लगाउदा दाग मेट्दछ ।

वेथेबाट हुने फाइदाहरू

१. आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा-३ र ६ फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

२. बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान-बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ ।

३. जहिलेसम्म बेथेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।

४. बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

५. दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।

नोट : सागसब्जी खानलाई कसैलाई सोध्नु पर्दैन तर औषधि बनाएर सेवन गर्दा मात्रा सहि हुन आवश्यक छ । वैद्यको परामर्शमा यस्ता बस्तु प्रयोग गर्नु राम्रो हुनेछ । मानव स्वास्थ्यका लागी बेथे मात्र होइन हरियो साग भान्सामा बढी प्रयोग गर्नुस भन्ने हाम्रो राय छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

८५ प्रतिशत पानी पाइने लौका खानुका फाइदै फाइदाहरु

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!