लेखहरु

आयुर्वेद र यसको भविष्य

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आयुर्वेदले यो बताउछ कि रोगको कारण तीन स्तरमा हुन सक्छन्, जस्तै शारीरिक, मानसिक एवं आध्यात्मिक । आध्यात्मिक अनुसन्धानको माध्यमबाट यो ज्ञात भयो कि रोगको मूल कारण मुख्यत: आध्यात्मिक स्वरुपको हुन्छ ।

वास्तवमा व्यक्तिको कुनै विशिष्ट रोग हुनुको मूल कारण ८०% सम्म आध्यात्मिक स्वरुपको हुन्छ । यी आध्यात्मिक कारणहरुमा व्यक्तिको भाग्य, कर्म, मृत पूर्वज अथवा अनिष्ट शक्ति सम्मिलित हुन सक्छन् ।

प्रत्येक व्यक्तिको आध्यात्मिक कारण भिन्न हुन्छ । यही कारण हो कि दुई व्यक्ति मध्य एक रोगी हुन जान्छ, जबकि दुवैलाई रोग लाग्ने समान अवसर थियो । साधना एवं आध्यात्मिक उपचार, आध्यात्मिक मूल रोगबाट मुक्त हुनको लागि एक महत्तवपूर्ण साधन हो ।

व्यक्तिको रोगको आध्यात्मिक कारण बुझ्न अथवा अनुभव गर्न कठिन हुन्छ, त्यसैले रोगी व्यक्ति निर्धारित चिकित्सकीय उपचारको साथ-साथै आध्यात्मिक उपचार जारी राख्नुपर्दछ । जब व्यक्ति साधना गर्छ तब उनको आध्यात्मिक स्तर बढ्न थाल्दछ अनि उनको आध्यात्मिक संरचनामा आन्तरिक बदलाव हुन थाल्दछ ।

यसले मन अनि शरीरलार्इ पनि असर गर्दछ । यसको लाभ यो हो कि, रोगबाट अथवा त्यसबाट उत्पन्न हुने अन्य समस्यामा सुरक्षा वृद्धि हुन जान्छ । उदाहरणको लागि यदि कुनै व्यक्ति रोगको सम्पर्कमा आएता पनि रोगको कारण हुने शारीरिक एवं मानसिक कष्टबाट साधना नगर्ने व्यक्तिको तुलनामा कम प्रभावित हुन्छ ।

साधना एवं आध्यात्मिक उपचार न केवल रोग ठीक गर्छ, यसले व्यक्तिको मनको आध्यात्मिक शुद्धि अनि उनलार्इ अधिक निस्वार्थ बनाउनमा सहायता गर्दछ । अनेक सन्तहरुले आफ्नो भविष्यवाणीमा अगामी केही वर्षमा तेस्रो विश्व युद्ध अनि अभूतपूर्व प्राकृतिक आपदाको संभावना बताउनु भएको छ ।

परिणामस्वरुप अनेक आधारभूत वस्तुहरुको कमी हुनेछन् । कारखानाहरु बन्द हुनेछन् र चिकित्सा विज्ञानद्वारा निर्माण हुने अैषधि अनुपलब्ध हुनेछ । त्यस समय, रोगोपचारको लागि व्यक्ति आध्यात्मिक उपचार अनि उपलब्ध वैकल्पिक चिकित्सा पद्धति मा नै निर्भर रहनुपर्छ । यो दुष्टिकोणले, अहिलेदेखि नै आध्यात्मिक उपचार सिक्ने अनि अभ्यास गर्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

सृष्टिको नियम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!