धर्म-सस्कृतिविचार-विश्‍लेषण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा हिन्दू राष्ट्रको जग बलियो नभए देश कमजोर हुदै जानेछ । विकासको बाधक हिन्दू राष्ट्र होइन बरू धर्म निरपेक्षता देखिएको छ । जुन देशको धर्म संस्कृति कमजोर छ त्यो देश क्रमश: कमजोर हुदै जान थाल्दछ । भ्रष्टाचार बढ्नुको प्रमुख कारण भनेकै धर्म संस्कृति कमजोर हुनुलाई मान्नुपर्छ । जहाँ प्रहरीको, कानुनको, धर्म संस्कृतिको डर हुदैन त्यहाँ भ्रष्टाचार स्वत: मौलाउदै जान्छ, यो राष्ट्र हितमा ठिक छैन ।

नेपालमा पार्टीबादले कानुन, प्रहरी, सेना सवैलाई एउटै छातामा राखेको छ । जुन पार्टी सत्तामा पुग्छ उसको गोजीमा कानुन लगायत सवै शक्ति पुगेको हुन्छ भने जनताले केको न्यायको आशा राख्ने सोच्नुपर्ने देखिन्छ । विकासप्रति ध्यान नपुग्नुको प्रमुख कारण भनेकै डर नहुनु हो जबसम्म अरूको डर हुदैन त्यहाँ सवै गलत हुदै जान थाल्दछ ।

भ्रष्टाचार नहोस् भन्ने हो भने अविलम्ब कानुनलाई राजनीतिबाट पृथक राख्न सक्नुपर्छ यो काम कुनै पनि राजनीति दलहरुले गर्न चाहदैनन् । हरेक राजनीति दलले कानुनलाई पृथक राखेमा सफल हुन नसक्ने देखिन्छ । पृथक राख्न नचाहनुको ठोस कारण भनेकै गलत काममा उन्मुख हुनु देखिन्छ । नेपालको विकासमा सवैभन्दा ठूलो तगारो भनेकै धर्म निरपेक्षता हो यो सवै पश्चिमाहरूको देन हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

यो पनि पढ्नुहोस् 

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!