जीवन-दर्शन

पाप नगर मर्ने बेला सास नगएर तड्पनु पर्ला है

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पाप नगर मर्ने बेला सास नगएर तड्पनु पर्ला है ! नेपालमा शंका उपशंकाको खेती निकै चर्कदो अवस्थामा देखिन थालेको छ । जसले केहि गर्न देखि हिचकिचाउछ सवैभन्दा बढी उहि तर्सन्छ भन्थे साँचो रहेछ । धर्मशास्त्रमा कलियुगमा देवीको पुजा धनको रूपमा गर्नेछन् भनेको छ । पैसा नै माता पिता पैसा नै जन्म र पैसा नै अजर अमर पैसा नभए बरू मरिन सक्छ पैसा भए मृत्युलाई पनि जीत्न सकिन्छ भन्ने भावना निकै प्रवल देखिएको छ ।

जन्मनुको अर्थ भनेको समाज सेवा हो धर्म संस्कृति बचाउनु हो भगवान छन् गलत नगर भनेर प्रचार गर्नु हो । आज नेपालीहरू अरूको धर्मलाई धर्म मान्न तयार छन् तर आफ्नो धर्म संस्कृतिलाई अफिम भन्दैछन् । जसले म मरेपनि मेरो देश बाचिरहोस् भन्छ त्यसैलाई गलत भन्न पछि नपर्नेहरू यहि भूमिमा छन् । के गलत के सहि सवै पैसाले अन्धो बनाएको छ । जब जब पापको घडा भरिन थाल्छ त्याहा गलत बिचारले डेरा जमाउन थाल्छ यो सवै धर्म संस्कृतिको खिल्ली उडाउने हरूमा देखिन थालेको छ ।

हे भगवान सम्पुर्ण जगत विशेष गरि नेपालीलाई सदबुद्धि देउ । जसले जताबाट माने पनि भगवान एक छौं । भगवानलाई बाइबलको रूपमा मानौं जुनसुकै रूपमा मानौं आखिर भगवान नै हुन । जब भगवानले मानवको जन्म गर्नुहुन्छ त्यतिबेला उसले कुन धर्म संस्कृति मान्ने भनेर जन्म दिएको हुदैन तर मानव सेवा गर भनेर जन्म दिएको हुन्छ ।

राम्रो मान्छे चांडो मर्छ तर गलत मान्छे मर्दा उसले धेरै भगवान सम्झनुपर्छ । उसले धरै जनाको बोझ बोक्नुपर्ने हुन्छ । अन्त्यमा उ मर्न चाहदा पनि उ मर्न सक्दैन न उ राम्रोसंग सुत्न सक्छ । उसले गरेका सवै पापले उसलाई जीउदै मरेको अनुभव दिन थाल्दछ ।

एकपटक एकजना पापीले भगवानलाई सोधेछ म मर्न चाहन्छु तर भगवानले भन्नुभयो हेर तिमीले धेरै अपराध गरेका छौं तिम्रो मृत्यु धेरैलाई विदा गरेपछी मात्र हुनेछ । तिमि त त्यसै मरिसकेका हुनेछौं भनेर भन्नु भएछ । यो सुनेपछि उसले मेरो अपराध कसरी छ मा योग्य हुनेछ प्रभु भनेर सोधेपछि तिमीले गरेका ती सवै अपराध जस जसको गरेका छौं सबैको उद्धार गरेको घण्डमा बल्ल तिम्रो मृतु सजिलोसंग हुनेछ भनेपछि सबैको उद्धार गरेर मरेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

नेपालमा हुदैछ धर्म संस्कृति लोप

वैज्ञानिक युगमा पनि धर्म संस्कृतिको हुदैछ खाँचो

नेपालमा हुदैछ धर्म संस्कृति लोप

अरूको प्रगति देखेर ईश्या गर्नुभन्दा आफू लागौ प्रगति गर्नेतर्फ

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!