खानपान

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा सवैभन्दा बढी उत्पादन हुने तरकारीमा काउली पनि एक हो । नेपालमा सलादको रूपमा बढी प्रयोग हुने गरेको पाइन्छ । काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई निष्क्रिय पार्दछ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् ।

यो पनि पढ्नुहोस् 

फर्सी खानुका फाइदाहरु

कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

घरको छतमा तरकारी खेती गर्ने तरिका

तरकारी र फलफूलमा मिसाइने विषादिको परिक्षण हुन जरुरी

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्र थैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । आजकल समाजमा काउलीबारे गलत धारणा मेडियामा ल्याएको देखिन्छ तर ठोस तथ्य भने देखिएको छैन । कुनै पनि फोहर खाना खानाले स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ । यस्ता तरकारी उत्पादन गर्दा मल र किटनाशक औषधि छर्दा काउली फोहर भएको हुन सक्छ ।

फोहर चिजलाई राम्रोसंग सफा गरेर खाएमा कुनै नोक्सान गर्दैन । काउली प्रशस्त खानामा प्रयोग गर्ने बानी बसाल्नुपर्छ । काउलीलाई नुन पानीमा डुबाउने र चिसो पानीले राम्रोसंग पखालेर खानाले पनि काउलीमा भएको किटाणु नस्ट गराई स्वास्थ्यमा राम्रो फाइदा उठाउन सकिने देखिन्छ । काउलीलाई अचार बनाएर पनि सेवन गर्न सकिन्छ ।

Like & Follow us on Facebook

काउलीको अचार बनाउन मसिनो गरी काटेर नुन राखेर सिसाको भाडामा राख्ने एक हप्तामा अमिलो हुन थालेपछी प्रयोग गर्नाले औषधिको रूपमा प्रयोग गर्दा उपरोक्त फाइदा लिन सकिनेछ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!