ज्योतिषशास्त्र

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र शास्त्रमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । के तपाइँलाई थाहा छ कुनै पनि स्त्रीको गालाको रंग हेरेर उसको स्वभाव पनि थाहा पाउन सकिन्छ । समुन्द्र शास्त्रका अनुसार गालाको रंगले स्त्रीको स्वभाव थाहा पाउन सकिन्छ । यहाँ कस्ता गाला हुने महिलाको स्वभाव कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

गालाको रंग सेतो भएका महिला

जुन महिलाको गालाको रंग सेतो हुन्छ यस्ता महिला स्वास्थ्य समस्याबाट पीडित हुन्छन् । यिनीहरुमा निराशा हुन्छ । यस्ता महिला आलसी स्वभावका हुन्छन् तर भावना भने बुझ्न कठिन हुन्छ । अरुलाई मन परेपनि नपरेपनि मनलाग्दो हिसावमा यिनीहरुले जीवन चलाउँछन् ।

यो पनि पढ्नुहोस् 

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

दाँतको बीचमा खाली ठाउँ हुने मानिसको स्वभाव

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यस्तो छ हातमा हुने राजयोगलाई पनि नाश गर्न सक्ने अशुभ ‘निशान’

रातो गाला

जुन स्त्रीको गाला रातो हुन्छ यस्ता महिला रिसाहा स्वभावका हुन्छन् । सानो सानो कुरामा पनि यिनीहरु रिसाउँछन् । यस्ता महिला साहसी हुन्छन् र उत्तेजित पनि हुन्छन् । यिनीहरु कुनै पनि काम गर्दा राम्रोसँग गर्छन् ।

गुलावी गाला

जुन स्त्रीको गालाको रंग गुलावी हुन्छ त्यस्ता स्त्री सन्तुलित स्वभावका हुन्छन् । कुनै पनि परिस्थितिमा यिनीहरु आत्तिने र मात्तिने हुँदैनन् । यिनीहरुलाई आफ्नो काममा अरुले हस्तक्षेप गरेको मन पर्दैन ।

पहेलो रंगका गाला

जुन स्त्रीको गाला पहेंलो रंगको हुन्छ त्यस्ता महिला अस्वस्थ हुन्छन् । यस्ता महिलाको जीवनमा शक्तिको कमी हुन्छ र सँधै भयभित रहिरहन्छन् ।

गहुँ गोरो गाला

गहूँ गोरो गाला हुने स्त्री स्थिर मानसिकताका हुन्छन् । यिनीहरु दुःख सुख झेल्न सक्छन् । मेहनत गरेर नतिजा निकाल्छन् ।

Like & Follow us on Facebook

पुक्क परेका गाला

पुक्क परेका बढी झोलिएका गाला हुने स्त्रीका भोगी हुन्छन् । यस्ता स्त्रीलाई भोग बिलाश मन पर्छ । उनीहरुको शारीरिक विकाश भने अपेक्षित भएको हुँदैन ।

सुकेका गाला

जुन स्त्रीका गाला सुकेका हुन्छन् त्यस्ता महिला असन्तुष्ट र मानसिक चिन्ता एवं द्वेष प्रवृत्तिका हुन्छन् । यस्ता महिला रिसाहा र चिटचिटे हुन्छन् भने जीवनमा असन्तुष्ट रहन्छन् ।

गुलाबी गाला

जुन महिलाका गाला गुलावी हुन्छन् यस्ता स्त्री सुन्दर, सहनशील, चतुर र परिश्रम र उदार हुन्छन् । यस्ता स्त्री जीवनमा समृद्धि हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!