खानपान

फर्सी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले फर्सीलाई तरकारीको रूपमा खाने गरेका छौं । यो स्वास्थ्यमा राम्रो फाइदा गर्ने कुरा पत्ता लागेको छ । फर्सीमा भिटामिनको मात्रा निकै बढी पाइने भएकाले यसको तरकारी समय समयमा खाने गर्नु राम्रो हो । हाम्रो करेसाबारीमा उत्पादन गर्न सकिने फर्सीमा पाईने पौष्टिक तत्व हरेक २५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ ।

फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काम गर्दछ । हाम्रो गाउघरमा फर्सी उसीनेर खाने चलन पनि छ । यसरी खानाले यसको फाइदा अझ बढ्न सक्ने कुरा केहीको मत छ । चाहे जे होस् प्रकृतिको अनुपम उपहारलाई हामीले प्रयोग गरेर लाभ उठाउन सके स्वास्थ्यमा ठूलो फट्को मार्नेछ ।

यो पनि पढ्नुहोस् 

कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

घरको छतमा तरकारी खेती गर्ने तरिका

तरकारी र फलफूलमा मिसाइने विषादिको परिक्षण हुन जरुरी

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

फर्सीको अन्य फाइदाहरु

१. फर्सी बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।

२. फर्सीमा फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ ।

Like & Follow us on Facebook

३. पहेलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!