स्वास्थ्य

महिनावारी हुँदा तल्लो पेट दुख्ने समस्या र यसको उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

महिनाबारी हुँदा तल्लो पेट दुःख्ने समस्या हरेक नारीको जीवनसँग जोडिएको आम पीडा हो । पीडाको तिव्रता व्यक्ति, व्यक्तिमा फरक फरक भएपनि यस समस्यालाई हरेक महिलाले झेलेकै हुनुपर्छ । कसै-कसैमा त यस समस्याले दैनिक जीवनलाई नै अत्यन्त कष्टकर बनाएकाले दर्द निवारक औषधि सेवन गरेर बस्नुपर्ने बाध्यता रहेको पनि छ । मेडिकलमा उपलब्ध यी पीडा निवारक औषधिहरुको सेवनले तत्काल राहत दिएपनि कालान्तरमा महिला स्वास्थ्य एवम् प्रजनन अंगको विकासमा अनेकौं पाश्र्व प्रभाव (Side Effects) पार्ने गरेको वैज्ञानिक अनुसन्धानले दर्शाएका छन् ।

यो पनि पढ्नुहोस् 

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

यी देशमा महिनावारीका बेला महिलालाई विदा दिइन्छ

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन्

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

कुरिलो खानुका फाइदाहरु

मानिसलाई ज्वरो कसरी आउँछ ?

यसर्थ महिनाबारीको दौरान तल्लो पेट दुःख्ने समस्या हुँदा यी हानिकारक दर्द निवारक औषधिहरुको प्रभावबाट बच्न प्राकृतिक विधिको उपयोग गर्न सकिन्छ । यी प्राकृतिक विधिको उपयोगले तल्लो पेट दुःख्ने समस्याबाट त छुटकारा दिलाउँदछ नै साथै प्रजनन एवम् सामान्य स्वास्थ्यमा पनि महत्वपूर्ण सुधार ल्याउँदछ । सामान्य रुपमा भान्सामै उपलब्ध मसलाहरुलाई प्रयोग गरेर बनाउन सकिने भएकाले यी औषधिहरु बजारिया एलोपेथिक औषधि भन्दा सस्तो र फाइदाकारक छन् ।

उपाय नं. १

३० ग्राम कुटेको अदुवालाई १ गिलास (२५० मि.लि.) पानीमा उमाल्नुहोला । जब पानी लगभग आधा मात्रा रहन पुग्दछ तब पानी निकालेर छानेर दिनको २ पल्ट अदुवाको पानी पिउने गरौँ । यस प्रक्रियालाई दुई महिनासम्म लगातार प्रयोग गरौँ । यसो गर्दा महिनाबारीको कारणले हुने तल्लो पेट दुखाईमा विशेष राहत मिल्दछ । यस विधिलाई महिनाबारी सुरु हुनु भन्दा केही दिन (लगभग) १५ दिन अघि देखि सुरु गर्ने गरौँ । यस उपायद्वारा महिनाबारीको पीडा केही दिनमै दूर हुन्छ ।

उपाय नं. २

तोरीको दानालाई हल्का कुटेर २ गिलास पानीमा उमाल्नुहोला । उम्लिएको पानीमा पातलो नैनसूत कपडालाई आठ-दश पल्ट पट्याएर उक्त पानीमा डुबाई दिनुहोस् । ५ मिनेट पश्चात् उक्त कपडा निकालेर दुःखेको ठाउँ माथि सेक्नुहोस् । यसो गर्दा महिनाबारीको पीडा कम हुन्छ ।

उपाय नं. ३

तातो दूधमा दिनको दुई पल्ट आधा आधा चम्चा ज्वानोको धुलो हालेर बिहान बेलुका पिउने गर्दा पनि महिनाबारीको दुःखाई कम हुन्छ ।

Like & Follow us on Facebook

उपाय नंं ४

१ गिलास पानीमा २० ग्राम जति मेथिको दाना हालेर उमालेर ५ मिनेट उम्लिएको मेथि पानी बहान बेलुका पिउँदा पनि महिनाबारीको तकलिफ कम हुन्छ ।

उपाय नं. ५

शाही जीरालाई पनि महिनाबारी हुँदाको पीडा कम गर्नमा प्रयोग गर्न सकिन्छ । यसको लागि २ कप पानीमा आधा चम्चा शाही जारी उमालेर उम्लिएको पानीलाई छानेर बिहान बेलुका पिउने गर्दा पनि पीडा कम हुन्छ ।

उपाय नं. ६

घ्यूमा फुराएको ५ ग्राम हिड्डलाई १ कप दूधमा हालेर उक्त दूधमा २ चम्चा मह मिलाएर बिहान-बेलुका पिउने गर्दा पनि पीडा कम हुन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!