खानपान

कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहना भएमा हरेक प्रकारको हरियो मौसम अनुसारको तरकारी खाने बानी बसाल्नुपर्दछ । मौसम अनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटिन भिटामिन ‘ए’ को प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिरभित्र गएर भिटामिन ए मा परिणत हुन्छ ।

साधारणतया तरकारीमा खनिज पदार्थ आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । आज हामीले कुन तरकारी के कस्ता भिटामिन र फाइदा उठाउन सकिनेछ भन्ने कुरामा प्रकाश पार्दैछौं । कुनै पनि चिजको पुर्ब जानकारी हुन सके राम्रो हुने देखिन्छ ।

यो पनि पढ्नुहोस् 

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

घरको छतमा तरकारी खेती गर्ने तरिका

तरकारी र फलफूलमा मिसाइने विषादिको परिक्षण हुन जरुरी

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

भिण्डी

भिण्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ । रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

गोलभेंडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ ।

बन्दा

बन्दामा कैयौं औषधीय गुण हुन्छन् । जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचनप्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

गाँजर

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्ट जस्ता आँखाको समस्या विरुद्ध लड्न मद्दत पुर्याउछ ।

करेला

स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

आलु

आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । शरिर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञका अनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ ।

Like & Follow us on Facebook

काउली

यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

फर्सी

फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइ राख्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

ब्रोकाउली

ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसो थायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ । ब्रोकाउलीमा बिटा-कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ।

लौका

लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक मानिन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!