जीवन-दर्शन

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन्

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन् ? महिला र पुरुष भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । महिलाहरु पुरुषको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् त्यस्तै पुरुषहरु महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् । यहाँ महिलाहरु पुरूषबाट कस्तो अपेक्षा गर्छन् भन्ने जिज्ञासा शान्त पार्ने कोशिश गरिएको छ ।

यो पनि पढ्नुहोस् 

पुरुषलाई कस्ता नारी मनपर्छ ?

नारीलाई भुतुक्कै पार्ने पुरुषमा हुनुपर्ने ११ गुणहरु

महिलासँग भुलेर पनि सोध्न नहुने कुराहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

महिलाले पुरुषको केके कुरामा ध्यान राख्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

१. यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको कुराहरु सुन्नुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।

२. महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।

३. पुरुषहरुमा भावनात्मक गुणको विकास हुनु जरुरी छ । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।

४. महिलाहरु पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना हुन्छ । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।

Like & Follow us on Facebook

५. पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।

६. कहिलेकाँही पुरुषले आफ्नी महिलाको लागि खाना बनाइदिने गर्नुपर्छ । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।

७. तपाईंको पुरुषत्वले तपाईंले चलाउने गाडीसँग केहि सम्बन्ध राख्दैन । गाडी जहिले पनि ठिक्कको गतिमा चलोस् भन्ने महिलाहरुको चाहना हुन्छ ।

८. आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस्, उनमा अधिकार नजमाउनुहोस्, यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।

९. आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!