लेखहरु

छोरा र छोरीमा भेदभाव नगरौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

छोरा र छोरीमा भेदभाव नगरौं किनकि आज समय परिवर्तन भई सकेको छ । छोरीहरुले कमाई बढी गर्न थालेकोले हुनसक्छ किन छोरा कहाँ हामी जाने हामीले पनि छोरालाई विवाह गरेर माइत राख्न सक्छौं जस्ता विषयमा बढी ध्यान दिन थालेको देखिन्छ ।

हुनपनि हो आज बुहारी र आफ्नो छोरीलाई हेर्ने भेदभावका कारण पनि यो समस्या आएको हुनसक्छ । म पनि छोरी हु तर सासु आमाले किन भेदभाव गर्नुहुन्छ भन्ने कुराले पनि आज यस्तो आवाज उठ्न थालेको होला जस्तो मलाई लागेको छ ।

कता-कता दुई श्रीमती श्रीमानले राख्न हुने हामीले राख्न नहुने जस्ता मुद्दा चलाउन थालेको छ । समय कसैको पाहुना होइन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । जब-जब हामीले आफ्नो संस्कार भुल्न थाल्नेछौं तब-तब समयले कोल्टो फेर्दै जानेछ ।

आफ्ना जन्मदातालाई हेला गर्ने परिपाटी जसरी समाजमा देखिन थालेको छ यसको ठोस कारण धर्म संस्कृति त्यागेर गलत बाटो हिड्न थालेका छौं यसको असर महिलामा पर्न गएको छ । बाबु आमाको पीर जति छोरीले बुझ्न थालेका छन् त्यति छोराले बुझ्न छाडेकाले नै यस्तो खालको विद्रोह छोरीहरूमा देखिन थालेको छ ।

धर्म संस्कृतिलाई अफिम मान्ने राजनीति दलले आज स्वार्थमा डुबेर जुन काम गरेका छन् यसले पनि देशमा विकासको बाधक भएको देखिन्छ । धर्म संस्कृति पनि एउटा प्रमुख कारणमध्ये एक हो जसले गर्दा आज घरघरमा फुट पैदा गराएको छ । अनुसासन हराएको छ । जसले जस्तोसुकै काम गरेपनि हुन्छ भन्ने परिपाटीको जन्म नेपालमा हुदैछ ।

धर्म संस्कृति त्याग्नाले नै महिलामाथि हुने हिंसाले जन्म लिएको छ । लाज सर्म कसैलाई छैन । जस्तोसुकै काम गरेपनि जनता बोल्दैनन् भन्ने विश्वास राजनीतिकर्मीलाई भएको छ । गल्ती जस्तोसुकै गरेपनि ढाक छोप गर्ने परिपाटी नेपालमा देखिएको छ । यस्तो घटना हुनुमा सवैभन्दा ठूलो गल्ती राजनीतिकर्मीको हुनाले नै कानुन अपांग भएको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!