स्वास्थ्य

रक्तचापवाट कसरी बच्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल के सानो के ठूलो सबैमा रक्तचाप बढ्न थालेको देखिन्छ । रक्तचाप बढ्नुको कारण भन्दापनि रक्तचापको औषधिले काम नगर्दा यसको प्रमुख कारणतर्फ लाग्नुपर्ने भएको छ । रक्तचाप बढ्नुमा खानपिनलाई बढी दोष दिने हाम्रो चलन छ तर केही नखानेलाई पनि औषधिले काम गर्न नसक्नु दु:खको कुरा हो । हरेक व्यक्तिको खानपिनमा ध्यान दिनुपर्ने कुरामा जानकारी दिन सके समाधान गर्न सकिन्छ कि भन्ने हाम्रो मान्यता छ।

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी)को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्यतया मानिसको रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । तर आजकाल १४०/१०० प्रायजसो मानिसलाई देखिने गरेको छ । मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो । तर, अहिले विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण बनेको छ । उच्च रक्तचापलाई मानिसले वेवास्ता गर्दा यो हत्यारा नम्बर एकका रुपमा चिनिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप नियन्त्रणमा छैन । रक्तचाप नियन्त्रणमा नभएका मानिसको संख्या अत्याधिक देखिएकाले यसका कारण हुने मृत्युको संख्या बढी भएको हो । उच्च रक्तचाप आफैँमा समस्या होइन । यसलाई वेवास्ता गर्दा भने खतरा निम्तने खतरा बढेको छ ।

के खाने

क्याल्सियम, म्यागनेसियम र पोटासियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ । सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ । गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् । पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।
ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

के नखाने ?

नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एकपटक बिना नुनको खाना खाने आदत बसाउनुस् । सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुनवाला खानुस् ।

औषधी

A unique combination of well tried homoeopathic medicines which maintain normal blood pressure and circulation.

Dosage of Bakson’s Beepee Aid Drops :

Acute conditions : 20 drops diluted with some water, every 2 hours.

Mild to moderate conditions : 20 drops diluted with some water, 2 times a day.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

रक्तचाप र यसका श्रेणीहरु

औषधि र अपरेशन बिनै मुटु रोगको उपचार

मुटुको समस्याबाट कसरी बच्ने ?

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!