लेखहरु

नेपालमा के छैन ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

जडि र बुटी मिलेर एउटा औषधी तयार हुन्छ त्यसलाई जडिबुटी नामाकरण गरिएको छ । हाम्रो नेपाली भुभागमा पाइने जडिबुटी प्राकृतिक शक्ति सम्पन्न हुनाले खाने बित्तिकै र छुने बित्तिकै काम गर्दछ । आज जडिबुटीको पहिचान हुन नसक्दा जडिबुटी त्यसै खेर गएको छ ।

हाम्रो जमीनमा फल्ने हरेक बस्तुलाई नियालेर हेर्दा जडिबुटीको गन्ध मैले देखेको छु । जडिबुटीको पहिचान हुन जडिबुटीको जानकार प्राप्त व्यक्तिको खाचो हुन सक्छ तर यहाँ त्यस्ता व्यक्ति कोही छैन । त्यसैले हरेक आयुर्वेदको शिक्षामा जडिबुटी पहिचान हुने खालको शिक्षा नेपालमा हुनुपर्ने देखिन्छ ।

एउटा आयुर्वेदिक डाक्टरलाई जंगलमा लगेर सोध्ने हो भने प्राय: निल रिजल्ट देखिन्छ यसको खासकारण भनेको आयुर्वेद शिक्षा कमजोर हुनु या आयुर्वेद शिक्षामा सरकारले ध्यान नदिनु या स्वदेशी जडिबुटीको अबमुल्ययन गरेको देखिन्छ ।

जबसम्म हामीले स्वदेशी उत्पादनतर्फ ध्यान दिन सक्दैनौ तबसम्म हामीले चाहेर पनि राष्ट्र र पब्लिकको हितमा केहि गर्न सक्ने छैनौं । नेपाली भुभागमा बहुमुल्य सम्पदा त्यसै खेर गएको छ । हरेक नेपालीले आफ्नो पाखुराको विश्वास गर्न सकेको भए आज नेपाल विश्वमा पहिलो सुन्दर देशको रूपमा देखिन्थ्यो ।

प्राकृतिकले हामीलाई जल दिएको छ जडिबुटी दिएको छ झर्ना दिएको छ खोलानाला नदि दिएको छ तर खेतीयोग्य जमिन बाझो छ । सस्तो मुल्यमा पानी बेचेर विधुत खरिद गरेर पब्लिकलाई ऋणमा डुबाएको देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!