Uncategorized

हात्तीपाइले रोगमा प्रयोग गर्न सकिने उत्कृष्ट जडिबुटी विजयसाल

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हात्तीपाइले रोगमा पनि विजयसालको प्रयोग गर्न सकिने उत्कृष्ट औषधि तर नेपालमा लोपोन्मुख अवस्थामा छ । यस्ता औषधि माथि रिसर्च गर्नुपर्ने समय आएको छ । जबसम्म हामीले यता ध्यान दिन सक्दैनौं विकासको सपना केवल कोरा कल्पना मात्र हुनेछ ।

विजयसालको वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ (Pterocarpus Marsupium) रहेको छ । विजयसाललाई विकसित मुलुकमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विजयसालको प्रयोगबाट थुप्रै रोगको उपचार गर्न सकिने देखिएको छ । यस्ता औषधि हाम्रो जंगलमा लोपोन्मुख हुदैछन् ।

यस्ता बोट बिरूवाबाट अनुसन्धान गरेर थुप्रै औषधि बनाइएका छन् । हाम्रो देशमा भने यस्ता औषधि प्राय समाप्त पारिदैछन् । विजयसालको बोक्रा पातबाट औषधि निर्माण गर्न सकिने देखिएको छ । नियमित यसको भाडामा राखेको पानी सेवन गर्नाले मधुमेह, हात्ती पाइले रोग जस्ता अनेकौं रोग निको बनाउन सकिने देखिएको छ ।

हाम्रो जंगलमा प्राप्त गर्न सकिने श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, तेजपात, लौठसल्ला, केशर, सुगन्ध कोकिला, सर्पगन्धा, अश्वगन्धा पिपला लगायत हजारौं प्रकारका जडिबुटीको संरक्षण गर्नुपर्ने देखिन्छ । यस्ता जडिबुटीबाट बहुमुल्य औषधि निर्माण गर्न सक्ने भएको छ ।

समयमै ध्यान पुर्याउन नसके यस्ता औषधि लोप हुने खतरा बढेको छ । हाम्रो गाउँघरको बारमा पिपली प्रशस्त पाइन्थ्यो मेरो बुबाले म सानो छदा यो औषधि हो बाबु यो लोपोन्मुख हुन सक्छ भन्नु हुन्थ्यो तर आज बारमा देखिन छाडेको छ । यस्ता औषधिबाट मनग्ये आम्दानी लिन सकिने देखिन्छ ।

हात्तीपाइले रोग, मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको संक्रमण, पखाला, ग्याष्ट्रिकको कारणले मुटु पोल्ने, रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको चूर काठलाई पानीमा रातभरी भिजाउँदा प्राप्त हुने पानी वा काठको चूर्ण सेवन गराउन सकिन्छ ।

यस्ता औषधि एउटै रूखको बोक्रा, काठबाट हुने देखिएपनि प्रयोग विदेशीले गरेको तर नेपालमा प्रयोग नभएको देखिन्छ । हामीले परिवर्तन चाहेका छौं तर केको ? आज देशमा युवा वैज्ञानिक उत्पादन गरेर जडिबुटी माथि अनुसन्धान गरेर औषधि उत्पादन गर्न सके देशमा बेरोजगार मेट्न सक्ने प्रशस्त सम्भावना छ ।

यो पनि पढनुहोस्

फिस्टूलाको सफल उपचार आयुर्वेदिक जडिबुटी औषधिबाट

यस्ता छन् पिपल (Ficus Religosa) का फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!