आयुर्वेद

आयुर्वेदिक जडिबुटीबाट रोगको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोगको उपचार आयुर्वेदिक जडिबुटीबाट गर्नेबारे प्रकाश पार्न गइरहेको छु । हाम्रा वरीपरि रहेका जडिबुटीबाट उपचार गरेर लाभ उठाउन सके ठूलो उपलब्धि हुनेछ । जडिबुटीबाट उपचार गर्दा कुनै साईड इफेक्ट नहुने हुनाले पाठकहरूले फाइदा उठाउनु हुनेछ ।

हाम्रो देशलाई जडिबुटीको खानी भन्दा खासै फरक पर्दैन यहाँ प्रशस्त जडिबुटी हुँदाहुदै पनि हामी विदेशीको साहारामा बाँचेको देखिन्छ । आजको लेखमा केहि जडिबुटीबाट उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्दैछु ।

मेरो उद्धेश्य केवल मेरा नेपाली दाजुभाई रोगको लागि परनिर्भर पर्नबाट जोगाउन सके ठूलो उपलब्धि हुने भएकाले यो लेखबाट फाइदा उठाउन सक्नुहुन्छ भन्ने आशा लिएको छु ।

आयुर्वेदिक जडिबुटीबाट रोगको उपचार

दुर्गन्धित श्वास

प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक हुन्छ । पागल पनि ठिक हुन्छ

पागलपन र भुल्ने बानीमा

ताजा घोड्ताप्रेको पात जरा र डाँठलाई खलमा हाली कुट्ने र रसलाई कपडछान गरी ८ माना रसमा गाइको घिउ २ मानामा पकाउने पाक्दा-पाक्दा २ माना घिउ बाकी भएपछि उतारे र ठूलो मुख भएको भाडामा राख्ने । दैनिक बिहान बेलुका १ चमच यो घिउ खान दिने पागल पनि ठिक हुन्छ ।

घाँटी बसेमा

एक, दुई पोटी लसुन चपाएर मनतातो पानीमा निलेमा पनि घाँटी बसेको दुई, तीन मात्रामै ठीक हुन्छ ।

ज्वरो आएमा

यदि शरीरमा मन्द ज्वरो सधै रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भएपछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

पेटमा जुका परेमा

दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २/४ दिनमा नै पेटको जुका मर्नेछन् ।

पयारिया र गिजाबाट रगत आउने रोग

नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रातभरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ । यसले गिजा र दाँतलाई एकदम बलियो र स्वास्थ्य बनाउदछ । नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणुहरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मनलाई समेत प्रसन्न बनाउन मदत गर्दछ ।

नीमको सेवनले कामशक्ति घटाउन सक्छ

केही दिनसम्म लगातार नीमको पातको सेवन गर्नाले काम शक्ति घटेर जान्छ । धेरै दिनसम्म सेवन गरे नपुंशक समेत बनाई दिन्छ ।

अदुवाको प्रयोग गर्भवती महिलामा

विशेषगरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोगबारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

महिनाबारी हुँदा पेट दुख्ने समस्या

महिलालाई महिनाबारी हुँदा पेट दुख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

मुटु पोल्न कम गर्छ

खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउनुहोस् । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

असुराको तेल

असुराको पातको रस निकाल्नुहोस र त्यो रसमा तिलको तेल राखेर पकाउनुहोस र सितल भएपछि छानेर सिसिमा राख्नुहोस । यो तेलले मालीस गर्नुपर्छ आमवात, हातखट्टा वाउटिने या फर्कने भए निको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि जिम्बु र यसका फाइदाहरु

औषधिद्वारा मोतियाविन्दुको सफल उपचार

टाइफाइड रोगको हर्बल र आयुर्वेदिक उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!