Uncategorized

जडिबुटीलाई रिसर्च गरेर हानी रहित उपचार सेवा सकिन्छ दिन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यसरी जडिबुटीलाई रिसर्च गरेर हानी रहित उपचार सेवा सकिन्छ दिन । बेक्टिरिया होस् वा भाइरस किन नहोस् हटाउने क्षमता आयुर्वेदमा छ तर हामीले रिसर्च गरेका प्रोडक्ट यदि बजारमा ल्याउन सक्छौं भने एलोपैथिक भन्दा हजार गुणा सुरक्षित औषधि हामीले नागरिकलाई दिन सक्छौं । एलोपैथिकले उत्पादन गरेका सवै औषधिहरू यिनै जडिबुटी पशुका हड्डी, पस, माटो र सुर्यतापी पानी र समुन्द्रि माछा घोगीबाट बनाएर पठाएका छन् तर उनीहरुको चलाखीपनको सिकार हामी भएका छौं ।

एलोपैथिकका अधिकांश औषधिहरू आज विश्वमा छरिएको छ । होम्योपैथिक कै कुरा गर्ने हो भने जहरको औषधि जहर नै हो भनेको छ । फलामले फलाम काट्छ भनेझै रोगका जीवाणुबाट बनाएका औषधिले त्यही रोगका जीवाणुलाई नष्ट गर्दछ भन्ने मान्यता एलोपैथिकले लिएको हुनाले यो पद्धति अहिले अघि बढि रहेको देखिन्छ ।

उदाहरणको रूपमा आज मैले एलोपैथिक औषधि भिटामिन डी गर्भवती महिलामा बढी प्रयोग हुदै आएको सबैलाई थाहा छ । यो औषधि बनाउदा एक प्रकारको समुन्द्रमा हुने घुगीको खप्पर र सुर्यको प्रकाशमा तताएको पानीको मिश्रणबाट यो औषधि बनाएर खरबौं रूपैया नेपालबाट लग्न सफल भएको देखिन्छ । आज सवैभन्दा पुरानो आयुर्वेदिक औषधिलाई पछि पार्दै एलोपैथिक अघि बढेको छ । यस्तो हुनुको प्रमुख कारण परनिर्भर प्रमुख देखिएको छ ।

केहि एलोपैथिक डाक्टरको भनाईमा आयुर्वेदिक औषधिले के गर्न सक्छ भन्ने रहेको छ । हामीले यहाँ बुझ्नुपर्ने मुख्य कुरा के छ भने औषधि उत्पादन गर्दा हामीले बुझ्नुपर्ने हुन्छ कि नीम एउटा एन्टिसेप्टिक गुण भएको औषधि हो यसलाई आयुर्वेदिकमा एन्टिबायोटि गुण भएको निम पेनकिलर गर्न सक्ने खुवी भएको जुका चुर्णा मार्न सक्ने एण्टि फंगस हटाउन सक्ने पीडानाशक, कृमिनाशक, जीवाणुरोधी, फंगस विरोधी, चर्मरोगनाशक औषधिको रूपमा हामीले बुझ्दै आएका छौं ।

हाम्रो “नेपाल वैकल्पिक चिकित्सा विकास परिषद “ले पब्लिकको लागी सरकारले स्ववीकृति दिन्छ भने हामी जडिबुटी रिसर्च सेन्टरको स्थापनातर्फ लाग्नेछौं । नेपाली जनताको पैसा नेपालमै रहनुपर्छ भन्ने हाम्रो मान्यता छ । विदेशीले नेपाली जडिबुटी कौडिको मुल्यमा खरिद गरेर सुनको भाउमा पैसा विदेश लग्न सफल भएको देखिन्छ ।

डा. हेनिमन जर्मनी निवासी थिए । उनी एलोपैथिक डाक्टर थिए एलोपैथिक उपचारबाट आफ्नो प्यारो छोरालाई बचाउन सकेनन् यो देखेपछि उनलाई एलोपैथिकप्रति विश्वास घट्दै गयो अन्तमा उनले होम्योपैथीक औषधिको आविष्कार गरेर विश्व प्रसिद्ध भए । हामीले यहाँ गौर गरेर हेरे न डा. हेनीमन एलोपैथिक डाक्टर हुन तर उनले एलोपैथिक त्यागेर जडिबुटीबाट औषधि बनाएर आज विश्व प्रसिद्ध भएका छन् ।

मैले यहाँ एलोपैथिकको विरोध गर्न खोजिएको पनि होइन हाम्रो अभिप्राय हो । नेपालमै औषधिको रिसर्च गर्ने पलान्टको स्थापना गर्नाले नेपाली साराले सस्तो औषधि पाउन सक्नेछन् भन्न मात्र खोजेको हो । जब कुनै रोग मानीसलाई लाग्छ त्याहा किटाणु पक्कै भएको हुन सक्छ । कुन किटाणुबाट मानिसलाई रोग लागेको छ त्यो रोगको एण्टि औषधि निर्माण गरेर दिनसके समस्या समाधान भइ हाल्थ्यो यसरी निर्माण गरेमा ५० प्रकारका औषधि मिश्रण गरेको औषधि बनाउने झन्झटबाट मुक्त हुने थीयो ।

एलोपैथिकमा सवैभन्दा छिटो काम गर्ने इन्जेक्शन जस्तै लहसुन, बेसार जस्ता अनगिन्ती हर्बबाट इन्जेक्सन बनाएर हामीले रोगीलाई तत्काल फाइदा दिन सक्ने छौं । कम खर्चमा बढी लाभ दिन र आयुर्वेदको स्तरलाई माथि उकास्न सक्नेछौं । भारतमा हालैबाट आयुर्वेदिक इन्जेक्सन तयार गरेर चमत्कार गर्न सफल देखिएको छ । भारत सरकारको आयुस विभागको आयुस रक्षक र आयुर्विज्ञानको सदस्य समेत रहेकाले मेरो राष्ट्रले केहि गरोस भन्न चाहन्छु ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

आयुर्वेदिक औषधि र नेपालको अवस्था

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!