राजनीति

नेपालमा विकास देख्नु मात्र हो केवल दिवा स्वप्न

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालीहरूलाई विकासको अर्थ भनेको के हो शायद थाहा छैन भन्दा हुन्छ । बहुदल आउनु भन्दा अघि विदेशी हस्तक्षेप कम हुने हुनाले विकासको गति ढिलो भएपनि भएको थियो परनिर्भर पर्नुपर्ने थिएन आज समय फरक छ । विदेशीहरू नेपालमा उद्योग कलकारखाना बन्द गराउन चाहन्थे नेपालमा आफ्नो सामान विक्रि गर्न चाहन्थे, यो गर्न उनीहरु सफल भए ।

हामीले विकास किन भएन र युवा पलायन किन भए भन्ने सन्दर्भमा नेपाली युवाले नेपालमै बहुदल आउनु भन्दा अघि जागिर फालाफाल थियो नेपाली कम भएकाले विदेशबाट कामदार मगाईन्थ्यो तर अहिले भएका उद्योग कलकारखाना सवै विदेशी प्रभुको आग्रहमा बन्द गराइएको छ । जागिरका लागि उद्योगको आवश्यक हुन्छ यो विदेशी प्रभु चाहदैनन् किनकि उनीहरू नेपालमा उद्योग होस् भन्ने चाहना नै छैन ।

बेरोजगार हटाउन उद्योगको आवश्यक हुन्छ उद्योग स्थापना पब्लिकले गरेर सम्भव छैन यस्का लागि सरकार लाग्नुपर्छ तर यसो गर्न विदेशी हस्तक्षेप हुने हुनाले अब नेपालमा विकासको सपना हेर्नु बेकार छ । उद्योगमा ट्रेड युनियन लगाएर भएपनि बन्द गराइएको छ । यो सवै विदेशीको योजना अनुसार भएको छ । आज सियोदेखि धागोसम्म विदेशी प्रभुले पुर्याएको अवस्था छ । नेपालीको विकास हुन विदेशी हस्तक्षेपको अन्त हुन आवश्यक छ ।

नेपालका ठूलाठूला उद्योग बन्द छन् । नेपाली सामान विदेशमा जाने हुनाले नेपाली पैसा नेपाल भित्रने हुन्थ्यो भने आज नेपालबाट डलर बाहिर गएको छ कसरी देशको विकास सम्भव छ ? म के भन्न चाहन्छु भने सवैभन्दा ठूलो गल्ती भनेको नेपाली जनताको छ । यहाँ उद्योग फाल्ने काम सवै उद्योगले गरेका छन् यदि उद्योगले दलालको कुरा नसुनेको भए शायद उद्योग बन्द हुने थिएन विदेशी प्रभुको अगाडि झुक्नुपर्ने थिएन ।

गल्ती लोभ र लालचले गरेको छ । व्यक्तिको कारण हरेक नेपालीलाई गलत पाठ पढाइएको छ । गलत पाठको कारणले गर्दा आज नेपालमा ब्यापार घाटा बढेको छ । यहि सिलसिला अझ जारी हुदै जाने हो भने नेपाल टाट पल्टने खतरा बढ्दैछ । करबाट उठेको पैसा विकासमा नभई व्यक्तिगत खर्च भएको देखिन्छ । नेपाली हरिप हुनुको प्रतिफल भनेकै यही हो ।

केहि नगरी खान पल्केकाहरूलाई नेपाली जनताको साथ छ । यदि युवा पलायन नहोउन देशमा विकास होस् विदेशी हस्तक्षेप नहोस् भन्न चाहना भए नयाँ सोच भएको देशलाई आमूल परिवर्तन गर्न सक्ने सच्चा देशभक्त नेपाली राजनेता नेपालमा जन्मनु पर्छ । उद्योग स्थापना हुनुपर्छ । नेपालीलाई विदेश जानबाट रोक्नुपर्छ । अब युवालाई विदेश जान अनुमति रोकेर युवालाई जागिर दिने ब्यबस्था पुराना उद्योग खोलेर गर्नुपर्छ । सवैभन्दा पहिले नेपाली जाग्नुपर्छ ।

हिजो संघर्ष भए थुप्रैले ज्यान गुमाए देशका लागि नभएर व्यक्तिका लागी भएका थिए, विदेशी प्रभुका लागि भएका थिए अब नेपाल र नेपाली साराले देशको लागि जुट्नुपर्ने भएको छ । नेपाल र नेपालीका लागि संघर्ष भएका भए सवैभन्दा पहिले बन्द उद्योग खोल्ने काममा जुट्नुपर्ने थियो । ट्रेड युनियन खडा गर्नुको कुनै औचित्य थिएन । नेपाली उद्योग भए विदेशी उद्योगले नेपालमा आफ्नो ब्यापार फैलाउन सक्ने थिएनन् र कमिसनको खेल सुरू हुने थिएन । यो सवै राजा गए राजा बन्ने सोच गएन । जबसम्म यो देशमा सरकारले उद्योग स्थापना गर्दैनन् तबसम्म विकासको सपना र युवा पलायन रोकिने छैन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!