आयुर्वेद

जडिबुटी र नेपालको अवस्था

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाली जडिबुटीले विश्व बजार छाएको छ । तर नेपालमा भने विदेशी आयुर्वेदिक औषधिले ठूलो स्थान ओगटेको देखिन्छ । छिमेकी राष्ट्र भारतकै कुरा गरौं डाबर, वैद्यनाथ, पतनजली जस्ता थुप्रै कम्पनीले नेपाली बजारका औषधालय भरिएका छन् ।

हाम्रो देशमा कमिसन तन्त्र हावी हुदैछ । देशले डलर भित्र्याउनुको साटो बाहिर पठाउदछ । सरसरी हेर्दा देशको विकास ओरालोतर्फ देखिएको छ भन्दा खासै फरक छैन । मानव स्वास्थ्यप्रति सरकारले जति चासो दिनुपर्ने हो दिएको छैन । नेपालीहरू विदेशी उत्पादन गरेका जस्तासुकै औषधि सेवन गर्न बाध्य पारेको देखिएको छ ।

तस्करी बढ्दा सामान्य र वैध व्यापारमा भन्दा बढी ‘कमिसन’ विदेश निर्यातकर्ताले दिने हुँदा मुलुकका आयुर्वेद प्रतिष्ठान र औषधालयहरू मारमा परेका देखिन थालेका छन् । राजनीतिक दलहरूले खासगरी जनशक्तिसँगै जंगल, जडिबुटी, जल र जमिनको उचित व्यवस्थापनको नारा दिएपनि जमिन बाहेकका सबै सम्पत्ति र स्रोतहरू नेपालको समृद्धि भन्दा विदेशको स्वार्थमा प्रयोग हुँदै गएको अवस्था नेपालमा देखिएको छ ।

नेपालमा आयुर्वेद औषधीहरूको खपत बढ्न सक्ने देखिएपनि आयुर्वेद शास्त्रको प्रयोग कमजोर भएको छ। त्यसको लागि सरकारले प्राचीन चिकित्सा पद्धति विकासको लागि आयुर्वेद अस्पताल, औषधी कम्पनी र शोध केन्द्रको स्थापनातर्फ ध्यान दिन आवश्यक छ । नेपालमा जडिबुटी प्रयोग गर्दै आएका व्यक्तिहरूलाई प्रोत्साहन दिनुको साटो निरूत्साही पारेको देखिन्छ ।

नेपालमा सवैभन्दा बढी उत्पादन गर्न सकिने थुप्रै जडिबुटीमध्ये महत्वपूर्ण औषधिको रूपमा चिनिने औषधि गाँजालाई पनि लिन सकिन्छ । विज्ञानले गाजालाई उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ । क्यान्सरका सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागू औषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ ।

यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । बदलिदो समय अनुसार गाजामा लगाइने कानुनलाई बदल्नुपर्ने देखिन्छ । यस्तो बहुमुल्य औषधि बनाएर आर्थिक स्तरमा सुधार गर्न यस्को खेती गरेर औषधि उत्पादन गराउन सके ठूलो उपलब्धि हुने देखिएको छ ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यस सम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ ।

अब समय परिवर्तन भएको छ । विदेशी उत्पादनलाई निरुत्साहित पार्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्ने समय आएको छ । हामीले अरूले के गर्दैछन् भन्नु भन्दा हामीले के गर्दा देशको स्तर उन्नति हुन र बेरोजगार हटाउनतर्फ ध्यान दिन आवश्यक छ । प्राकृतिकको हिसाबले नेपाल विश्वको तुलनामा धेरै धनि छ ।

यो पनि पढनुहोस्

जडिबुटी उखाल्ने समय

जडिबुटी के हो ? जडिबुटी नै प्रयोग किन गर्ने ?

जडीबुटीबारे महत्वपूर्ण जान्नुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!