राजनीति

नेपालमा पत्रकारको भूमिका कस्तो हुनुपर्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पत्रकार भनेको राष्ट्रको मेरूदण्ड पनि हो राष्ट्रमा के भएको छ भन्ने भुमिका पत्रकारले खेल्न सक्नुपर्छ । पब्लिकलाई जानकारी दिने निकाय पनि पत्रकार नै हो । गलतलाई गलत र सहिलाई सहि भन्ने पनि पत्रकार नै हो । तर आज सहिलाई गलत भन्नेमा र गलतलाई पनि सहि भन्नेमा पनि पत्रकार नै छन् यो दुख्खको कुरा हो ।

म Health Sciences Journal India को Press Reporter भएर लामो समयसम्म काम गरेको छु । नेपालको पत्रकारिता केवल पैसा कमाउने थलोको रूपमा देखिएको छ । यसो भनिरहँदा किन यस्तो भनेको भन्नुहोला यसै विषयमा एउटा घटना म विषाउन चाहान्छु । घटना २०७३ साल तिरको हो एक जना व्यवसायी पटक-पटक जनस्वास्थ्य धाउछन् तर कर्मचारीको अभाव सधै ढोका लगाएको हुन्छ तर उनीसंग भेट नभएका कारण घरेलु उद्योग संघमा गएर फर्म दर्ता गराउछन् ।

जनस्वास्थय र पत्रकार सिडिओ भएर पसल अनुगमन गर्न निस्कन्छन् तर त्यहाँ पुगेर किन काम नगरेको काम गर्न समया दिएकोमा किन ढिलाई गरेको नसोधी ताला ठोक्छन् । अनुगमनमा दर्ता गरेको फाइल नहेरी फोटो खिचेर बदनाम गराउन उद्त देखिन्छन् । यदि कारणतर्फ ध्यान पुग्न सकेको भए त्यो पसल बदनाम हुने थिएन माथिबाट मन्त्रीको फोन पाएपछि गल्ती भयो भन्दै ताला खोल्छन् ।

यदि यही काम म अफिसमा छु भनेर बोलाएको भए कति मिठो हुने थियो यस्ता गल्ती केवल जनताको मात्रै नहुन सक्छ सरकारी कर्मचारीको पनि हुनसक्छ भन्ने कुरा नहेरी पत्रकार साथीहरू गलत माथि गलत गर्दै जान्छन् ।

आज देश ओरालो लाग्नेमा सवैभन्दा ठूलो कमजोरी पत्रकार साथीहरूको छ । यही कामलाई जनताको हितमा गर्न सके उनीहरुको छवि कति राम्रो हुने थियो । म पत्रकार हु पैसा दिने भए दे नत्र तलाई बदनाम गराउछु पत्रिकामा छाप्छु भन्दै पैसा उठाउने काम पनि यिनै पत्रकार साथीहरूले गर्दा आज यो संगठन बदनाम हुने गरेको छ भन्दा खासै फरक नपर्ने भएको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

समाज परिवर्तन गर्ने पेशा पत्रकारिता

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!