राष्ट्रिय समाचारसमाचारसूचना प्रविधि

बिजुलीको लाइन जाँदा पुरै नेपाल टेलिकमको सेवा अवरुद्ध, लापरबाही कसको ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चैत्र ३०, नवलपरासी । हाम्रो मध्येबिन्दु नगरपालिका तम्सरिया ७, नवलपरासी सुस्ता पुर्वमा अवस्थित नेपाल टेलिकमको टावर छ । तर लाइन जाँदा फोन लगायत नेटवर्क सवै बन्द हुन्छ । यसको ठोस कारण के हुन सक्छ बुझ्न बाँकी छ । यति हुदा पनि कसैको नजर नपुग्नु कस्को कमजोरी हुन सक्छ । नेपाल टेलिकमको टावर नवजागरण माध्यमिक विद्यालयले पब्लिकको हितमा दिएको जग्गामा भएको देखिन्छ तर यसतर्फ कसैको ध्यान पुग्न नसक्नु दुर्भाग्य छ ।

यहाँ सवैभन्दा कमजोर स्थानिय नेताको देखिन्छ । लाइन जाँदा पनि नेटवर्क चालु हुनुपर्छ । नत्र यो टावरको कुनै अर्थ देखिएको छैन । नवजागरणले दिएको जग्गा मैले बुझे अनुसार फ्रिमा दिएको देखिन्छ । स्थानीय अधिकारीको कमजोरीका कारण नेपाल टेलिकमले कतै लापरबाही गरेको त होइन भन्नेतर्फ सवैको ध्यान पुग्न आवश्यक छ । हरेक बुँदामा जनताले ध्यान दिन नसक्दा यँहा जनताले सास्ती बेहोर्नु परेको छ ।

Like & Follow us on Facebook

आज जतिपनि गलत काम भएको छ । यो सवै स्थानीय अधिकारीको कमजोरीका कारण भएको छ । हामीले तम्सरिया ७ का बासिन्दासंग सोधेका थियौँ । यदि यही अवस्था रहेमा यो टावरको कुनै आवश्यक नरहेको भन्ने आवाज उठेको देखिन्छ । आज जतिपनि गलत काम यहाँ देखिएको छ । यसमा जनताको पनि लापरबाही छ भन्दा खासै फरक छैन भन्ने हामीलाई लागेको छ । यस्ता गलत काम भएकोतर्फ पत्रकार साथीहरूको ध्यानाकर्षण गराउन चाहांन्छौं । यो लेख हिजो ठिक ९ बजे राती तयार पारिएको थियो लाइन ठिक साँझ ७ बजे गएको छ । हिजो ९ बजे रातीसम्म नेटवर्क र नेपाल टेलिकमको मोवाइल बन्द छ ।

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!