राष्ट्रिय समाचार

आइतबारदेखि नेपाल टेलिकमको फोर-जी सेवा सुरु

१४ पुस, काठमाडौं । आइतबारदेखि नेपाल टेलिकमको फोर-जी सेवा सुरु ! नेपाल टेलिकमले आगामी आइतबारदेखि नेपालमै पहिलोपटक चौंथो जेनेरशनको मोबाइल डाटा सेवा ‘फोर-जी’ सुरु गर्दैछ । सन् २०१७ अंग्रेजी वर्षको अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा प्रारम्भ गर्न टेकिलमले अन्तिम तयारी गरिरहेको छ ।

आइतबार सेवाका बारेमा टेलिकमले बिस्तृत जारीहरु सार्वजनिक गर्नेछ । तर, काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । किनभने टेलिकमले चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकलाई तत्काल यो सेवा दिन सक्ने छैन । केही समयपछि भने आइफोनमा पनि फोर-जी चल्ने टेलिकमको प्राविधिक स्रोतले जानकारी दिएको छ ।

टेलिकमले समयमै आइफोनमा फोर-जी चल्ने गरी एप्पल कम्पनीसँग समन्वय नगर्दा सुरुवातमै आइएफोन बाहक फोरजी प्रयोगबाट बञ्चित हुने अवस्था आएको हो । फोरजीको परीक्षणका क्रममा एप्पलका सेटमा फोरजी नचल्ने देखिएको छ । कम्पनीको ‘सेक्युरेटी फिचर्सले आइफोनका फोर-जी कम्प्याटेबल मोडलमा पनि फोरजी नचल्नुको कारण हो । फोर-जी चल्न योग्य बनाउने गरी टेलिककले केही समयअघि नै एप्पललाई आग्रह गरेको भएर यो अवस्था आउने थिएन । एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ गरिदिएको छैन ।

एनसेलले फोरजीको अनुमति नपाएपनि लोकेशन इनेबल गराइसकेको छ । टेलिकमले यसका लागि एप्पललाई यसअघि नै आग्रह गर्नुपर्ने थियो । ढिला गरेर टेलिकमले केहीदिन अघि मात्रै एप्पललाई यसका लागि आग्रह गरेको छ । तर, तत्काल यो सम्भव नभएकाले सुरुवातमा फोरजी चल्ने अवस्था देखिएको छैन ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!