मुख्य समाचारसमाचार

नेपाल टेलिकमको चरम लापरबाही

असार १८, नवलपरासी । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार डा. राम बहादुर बोहराका अनुसार नवलपरासी १८ तमसरिया ७ मा हिजो करिब ११.३० बजेदेखि लाइन हुदा पनि नेटवर्क, मोबाइल र टेलिफोन सेट अहिलेसम्म बन्द छ । हरेक काममा ढिलाई गर्नु टेलिकमको आदत भएको देखिन थालेको छ ।

नवलपरासी मध्येविन्दु नगरपालिका सुस्ता पुर्वमा लाइन जाने वित्तिकै नेटवर्क जान्छ । लाइनको वैकल्पिक व्यवस्था गर्न नखोज्नु वा भएर पनि केही नगर्नु यो कस्तो लापरबाही हो ? लाइन नहुदा फोन लगायत सवै सेवा अबरुद्ध हुने गरेको पनि छ । यसतर्फ नगरपालिकाको ध्यान नपुग्नु दुर्भाग्य देखिन थालेको छ ।

यसरी बन्द हुँदा पनि कसैको नजर नपुग्नु दु:खको कुरा हो । यही अवस्था रहेमा भविष्यमा टेलिकमप्रति नागरिकको विश्वास घट्न सक्ने देखिन्छ । स्थानीयहरुले पटक-पटक आग्रह गर्दै आएका छन् । यस्तो समस्या बारम्बार दोहोरीरहनाले स्थानीयहरुले धेरै समस्या झेल्नु परिरहेको छ । चाँडो भन्दा चाँडो यसतर्फ नेपाल टेलिकमको ध्यान जान जरुरी छ ।

यो पनि पढ्नुहोस्

लाइन जाँदा टेलिफोन लगायत सवै सेवा अबरुद्ध

बिजुलीको लाइन जाँदा पुरै नेपाल टेलिकमको सेवा अवरुद्ध, लापरबाही कसको ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!