आयुर्वेद

बरिष्ठ आयुर्वेद डाक्टरको अनुभव

यस लेखमा हामीले नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर डा. राम बहादुर बोहराको अनुभव उहाँकै भाषामा जस्ताको तस्तै राखेका छौ । म स्वास्थ्य क्षेत्रमा आउँदा १७ बर्षको थिए भने आज म ५८ बर्षको भएछु । अहिले र पहिलेको तुलनामा थुप्रै औषधिहरू परिवर्तन भए जसरी नयाँ-नयाँ औषधि मार्केटमा आए त्यसरी नै नयाँ-नयाँ रोग सुरु हुदै गए । आज नेपालीको पसिना सवै बाहिर गएको छ । स्वदेशमा कुनै अनुसन्धान केन्द्रको अभावमाका कारण विदेशीले अनुसन्धान गरेको औषधिको भरमा जनतालाई बचाउनु परेको देखिन्छ ।

अहिले नेपालमा हैजा झाडापखालाका रोगी कम पाइन थालेका छन् । हाम्रो पालामा झाडा बान्ताका रोगीको उपचार घर-घरमा गएर गर्ने चलन थियो । हामीले थुप्रै रोगी बचाएका थियौं । आज समयको परिवर्तनसंगै सेवा छोटिदै गएको छ । हामीले विगत लामो समयदेखि ग्रामीण भेगमा बसेर गरीव दु:खीको उपचार गर्न टाढा जान नसक्नेहरूको उपचार गरेका थियौं । त्यतिबेला नेपालमा डाक्टरको अभाव थियो । लाखौं रोगीलाई हामीले बचाएका थियौं । आज हामीलाई सपना जस्तो महसुस हुन्छ ।

अहिले चिकित्सा क्षेत्रमा नयाँ युवाहरू आउनु भएको छ । उहाँहरू जन्मनु पुर्ब देखि नै हामीले यो सेवा प्रदान गरेका थियौं । यस्ता व्यक्तिहरू अहिले पनि नेपालमा प्रशस्त हुनुहुन्छ तर राज्यले सम्मान गर्नुपर्ने हो गरेको देखिदैन यो नितान्त गलत छ । हिजो र आज समय परिवर्तन भएको छ । राज्यले अनुभवीको कदर गर्न जान्नुपर्छ ।

शिक्षा प्राप्त गरिसकेपछि अनुभवको खाँचो हुन्छ । नेपालमा आज जडिबुटी पहिचान गर्ने व्यक्तिको अभावमा त्यसै खेर गईरहेको छ । राज्यले त्यस्ता व्यक्तिको पहिचान गरि समयमा जनतालाई यस्ता औषधिबाट उपचार गर्ने र अनुभवीलाई प्रोत्साहन दिने व्यवस्था मिलाउन सके नेपालीको पसिना बाहिर जानबाट रोकिने थियो भन्ने हामीलाई लागेको छ ।

हिजो अप्रेसनको अभाव भएको बेला औषधि दिएर पनि कतिपय विरामीको उपचार हुने गरेको थियो । आज समय साक्षेप त्यस्ता विरामीहरूको छिटो-छरितो राम्रो होस् भन्ने उद्धेश्य राखेर रिफर गरेको हुन्छ । हिजो कतिपय अवस्थामा अप्रेसनको अभावमा रोगीलाई लामो समय औषधि दिएर उपचार गर्नुपर्ने हुन्थ्यो ।

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!